सिकार खेल्न ढोरपाटन लागे विदेशी पर्यटक « Khabarhub

सिकार खेल्न ढोरपाटन लागे विदेशी पर्यटक


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- नाउर तथा झारलको सिकारको प्रमुख गन्तव्यको रूपमा परिचित ढोरपाटन सिकार आरक्षमा पहिलो चरणको ‘सिकार याम’ शुरु भएसँगै विदेशी सिकारी त्यसतर्फ लागेका छन् ।

नेपालको एक मात्र यस आरक्षमा शिकारका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति प्राप्त पेसेवर सिकारी त्यहाँ पुगेका हुन् ।

विभागले हरेक वर्ष दुई सिजनमा सिकार गराउने गरी सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट बोलपत्र आह्वान गरी अनुमति प्रदान गर्दै आएको छ । यो वर्षको पहिलो सिजनका लागि सात नाउर र पाँच झारलको सिकारका लागि सिकारी आरक्ष क्षेत्र पुगेको आरक्षण कार्यालयले जनाएको छ ।

यस सिजनका लागि विभागले दस नाउर र छ झारलको कोटा निर्धारण गरे पनि सिकारको माग कम भएपछि सात नाउर र पाँच झारलको सिकार अनुमति प्रदान गरिएको थियो । विभागले कम्पनीबीच गराएको विद्युतीय बोलपत्रमा एक नाउरको मूल्य एक लाख ९० हजार र झारलको मूल्य त्योभन्दा कम तोकिएको जनाएको छ ।

गत सिजन (फागुन–वैशाख) मा नाउर सिकारको राजस्व १३ लाख ५१ हजार र झारल सिकारको राजस्व १३ लाख ५० हजार तथा (असोज–मङ्सिर) सिजनमा नाउर सिकारको राजस्व १२ लाख पाँच हजार र झारलको राजस्व नौ लाख २० हजार थियो । यस पटक सिकार कम्पनीबीच प्रतिस्पर्धा कम भएकाले राजस्व सङ्कलनमा कम भएको आरक्ष कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले जानकारी दिए ।

रुसका नागरिक इगोर डोन्टिसोभ असोज २८ गतेदेखि एक नाउर र एक झारलको सिकारका लागि ४० गोलीसहित फागुने ब्लकमा र अर्का रुसी नागरिक डिमिट्री कल्योपुभ असोज २९ गतेदेखि एक नाउर र एक झारलको सिकारका लागि ४० गोलीसहित गुस्तुङ ब्लकमा र बेल्जियमका बल्टनिक फिलम हिक्टोरोम एक झारल र एक नाउरका लागि ६० गोलीसहित कात्तिक १ गतेदेखि सुनदहर ब्लकमा सिकार गरिरहेको आरक्ष कार्यालयका कर्मचारी वीरबहादुर थापाले जानकारी दिए ।

यस्तै अनुमति प्राप्त नर्वेका सिकारी इस्पेन लियनभी एक नाउरका लागि कात्तिक ९ गतेदेखि २० गोलीसहित दोगाडी ब्लक तथा जर्मन नारिक मार्क ग्राल्ड निकोलाई एक नाउर र एक झारलका लागि ४० गोलीसहित कात्तिक ९ गतेदेखि सेङ ब्लकमा सिकारका लागि जाने तयारी गरिरहेका छन् । यस्तै सिकार अनुमति प्राप्त गरेका एक नाउर र झारल तथा एक नाउरको सिकारका लागि स्पेनका दुई जना सिकारी आउनेक्रममा रहेको आरक्ष कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ८ : १८ बजे

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौं– देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश

विश्वकपमा तेस्रो स्थानका लागि किन प्रतिस्पर्धा हुन्छ ?

काठमाडौँ – सेमिफाइनलमा पराजित भएपछि विश्वकपका टोली र समर्थक प्रायः

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन १ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १ गते शुक्रबार सन् २०२६