म्यान्मारको श्वेदागोन पेगोडामा राष्ट्रपति भण्डारीबाट बुद्धपूजा (फोटोफिचर) « Khabarhub

म्यान्मारको श्वेदागोन पेगोडामा राष्ट्रपति भण्डारीबाट बुद्धपूजा (फोटोफिचर)


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मारर गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माररको पाँचदिने राजकीय भ्रमण पूरा गरेकी छिन् । उनी गत असोज २९ गते म्यान्मारर पुगेकी थिइन् ।

राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत सहभागी थिए ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यान्मारका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भयो । राष्ट्रपतिसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु ची र कमान्डर इन चिफले पनि भेट गरे ।

राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलले नेपितमा जेम्स म्युजियम (रत्न पत्थर) आदि सङ्ग्रहालय)को अवलोकन गर्‍यो । त्यस्तै पिन ऊ लिनमा दुर्गा मन्दिर, नेशनल कान्दायजी पार्क, प्राचीन मन्दिर चैत्य आदिको शहर बगानको भ्रमण, पुरानो राजधानी यङ्गोनमा आङ सान सङ्ग्रहालय, महाविजय चैत्य र श्वेदागोन चैत्य अवलोकन पनि भयो ।

यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका विभिन्न मुद्राका ३० मूर्ति पनि प्रदान गर्‍यो जुन लुम्बिनी विकास कोषको लुम्बिनी सङ्ग्रहालयमा राखिने छ । श्वेदागोन चैत्य क्षेत्रमा राष्ट्रपतिले लुम्बिनी चित्रकला प्रदर्शनीको पनि उद्घाटन गरिन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  १२ : १८ बजे

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।