अन्तर्राष्ट्रिय आप्रवासी सम्मेलनको एजेण्डा– श्रमिकको अधिकार संरक्षण कि मानवतस्करी नियन्त्रण ? | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय आप्रवासी सम्मेलनको एजेण्डा– श्रमिकको अधिकार संरक्षण कि मानवतस्करी नियन्त्रण ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणका लागि कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीका क्रममा भइरहेको मानव अधिकार हननका घटनाको समाधान गर्ने लक्ष्यका साथ यो सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ ।

नेपाल तथा दक्षिण एसियाबाट वार्षिक लाखौंको संख्यामा श्रमिक मलेसिया तथा खाडीका देशमा जाने गरेका छन् ।

सार्क राष्ट्रबाट मात्र बार्षिक २ करोडभन्दा धेरै नागारिक रोजगारीको खोजीमा अन्य देश पुग्ने गर्दछन्। यसरी रोजगारीको खोजीमा गएका श्रमिकको मानव अधिकार हनन् भइरहेको छ ।

काठमाडौं हुन लागेको सम्मेलनले एसियाबाट वैदेशिक रोजगारीमा जाने श्रमिकका साझा समस्यालाई सम्बोधन गर्ने अपेक्षा राखिएको छ ।

वैदेशिक रोजगारीका नाम हुने मानव तस्करीका घटना रोक्ने यो सम्मेलनको मुख्य लक्ष्य हुने बताइएको छ ।

के हुन्छ सम्मेलनमा ?

सम्मेलनको तयारी शुरु गरिएको जानकारी दिँदै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले आप्रवासी कामदारको अधिकार रक्षा नै सम्मेलनको मुख्य एजेन्डा हुने बताए ।

उनले भने, ‘सम्मेलनमा वैदेशिक रोजगारीका नाममा आप्रवासी कामदारको मानवअधिकार हनन् रोक्ने, मानव बेचबिखनका समस्या समाधान गर्ने तथा आप्रवासी महिला कामदारको सुरक्षा तथा चुनौतीका विषयलाई प्राथमिकताका साथ उठाइने छ ।’

पछिल्लो समय रोजगारीका नाममा भइरहेको मानव तस्करी र मानव अधिकार हनन एसिया धेरै देशलाई चुनौतीको विषय भइरहेको पाठकले बताए ।

‘वैदेशिक रोजगारीका नाममा पछिल्लो धेरै मानव अधिकार हनन भइरहेको छ । यो क्षेत्रमा भइरहेको मानव अधिकार हननका विषयमा आयोगले नजिकबाट सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको छ । धेरै नेपाली रोजगारीको बाहानामा मानव तस्करीको जोखिममा छन्’ उनले भने, ‘एसियाका धेरै महिला पुरुष रोजगारीका नाममा तस्करी भइरहेको छ । यस्ता समस्यालाई कसरी रोक्न साझा पहल सहितको अभियानका लागि सम्मेलन हुँदै छ । अव श्रमिक आपूर्ति गर्ने र लिन देशबिचका प्रतिनिधि एउटै मञ्चमा भएपछि एक किसिमको मानव तस्करी रोक्न रणनीति बन्छ ।’

रोजगारीका नाममा मानव तस्करी

राष्ट्रिय मानव अधिकार आयोगको मानव तस्करीसम्बन्धी प्रतिवेदन २०७६ अनुसार आर्थिक वर्ष २०७५/७६ को तथ्यांकअनुसार रोजगारीका नाममा मानव तस्करी बढिरहेको औल्याएको छ ।

रोजगारीका नाममा १५ लाख नेपाली तस्करीको जोखिम रहेको आयोगको प्रतिवेदनमा भनिएको छ । अफ्रिकी र खाडी मुलुक वैदेशिक रोजगारीको आवरणमा अफ्रिकी र खाडी मुलुकहरुमा नेपाली महिलाको तस्करी भइरहेको छ ।

केन्यादेखि दक्षिण अफ्रिकासम्म नेपाली युवतीहरु रोजगारीका नाममा अन्य देश हुँदै मानव तस्करी भइरहेकोको आयोगले जनाएको छ ।

खाडीका देश र मलेसिया नेपाली महिलालाई घरेलु काम गर्न पुर्‍याइने गरिएको छ । इराक, ओमान, अफगानिस्थान, सिरिया र लिबिया जस्ता द्वन्द्वग्रस्त देशमा वैदेशिक रोजगारीका बहानामा मनोरञ्जन क्षेत्रमासमेत नेपाली युवती तस्करी भइरहेका छन् । रोजगारीका नाममा भारतको यौन बजारमा नेपाली महिलाको बेचबिखन भइरहेका छन् ।

पछिल्लो समय विवाहको आवरणमा नेपाली महिलालाई चीनमा तस्करीका जोखिम बढिरहेको छ । यस्ता विषयमा महत्वका साथ उठाइने आयोगको प्रतिवेदनमा भनिएको छ ।

३२ देशका प्रतिनिधि सहभागि हुने

सम्मेलनमा दक्षिण एशिया, एशिया प्रशान्त क्षेत्र, अफ्रिका, दक्षिण अमेरिका र युरोप क्षेत्रका मानवअधिकार आयोगका प्रमुख आयुक्तहरुको सहभागिता हुन आयोगले जानकारी दिएको छ ।

यस्तै, आयोगले अधिकार संस्थाहरुको विश्व सञ्जालका प्रमुख, गन्तव्य देशका सरकारी निकायका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि र आप्रवासन क्षेत्रका विज्ञहरुको पनि सहभागिता हुने आयोगले जनाएको छ ।

सम्मेलनमा ३२ देशबाट अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने आयोगले जानकारी दिएको छ ।

३२ वटै देशका प्रतिनिधिले सम्मेलनमा आ–आफना देशबाट रोजगारीमा जाने श्रमिकको समस्याका बारेमा जानकारी गराउनेसहितको कार्यपत्र पेश गदै छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ४ : ३९ बजे

पत्रकार पाठकलाई प्रहरी भन्यो- साइबर ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा यथाशिघ्र उपस्थित हुनू

काठमाडौं- पत्रकार दिलभूषण पाठकलाई नेपाल प्रहरीले उपस्थित हुन आग्रह गरेको

मामाचेली वा फुपूचेलीसँग बिहेबारीका असर

मानव समाजको सुरुवाती चरणमा विवाहको औपचारिकता थिएन, तर जोडी बन्ने

स्कटल्याण्डको विकेट वर्षा गराउँदै नेपाल, लियो पाँचौँ विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलका नेपालले

भारतीय प्रधानमन्त्री मोदीले पाए साइप्रसको सर्वोच्च नागरिक सम्मान

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई साइप्रसमा सर्वोच्च नागरिक सम्मान प्रदान

हिमाल र पर्वतीय क्षेत्रको बजारीकरण गरौँ : पूर्वअर्थमन्त्री शर्मा

 काठमाडौं– पूर्वअर्थमन्त्री जनार्दन शर्माले हिमाल हाम्रो गौरवपूर्ण सम्पत्ति भएकाले यसको