अन्तर्राष्ट्रिय आप्रवासी सम्मेलनको एजेण्डा– श्रमिकको अधिकार संरक्षण कि मानवतस्करी नियन्त्रण ? « Khabarhub

अन्तर्राष्ट्रिय आप्रवासी सम्मेलनको एजेण्डा– श्रमिकको अधिकार संरक्षण कि मानवतस्करी नियन्त्रण ?


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणका लागि कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीका क्रममा भइरहेको मानव अधिकार हननका घटनाको समाधान गर्ने लक्ष्यका साथ यो सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ ।

नेपाल तथा दक्षिण एसियाबाट वार्षिक लाखौंको संख्यामा श्रमिक मलेसिया तथा खाडीका देशमा जाने गरेका छन् ।

सार्क राष्ट्रबाट मात्र बार्षिक २ करोडभन्दा धेरै नागारिक रोजगारीको खोजीमा अन्य देश पुग्ने गर्दछन्। यसरी रोजगारीको खोजीमा गएका श्रमिकको मानव अधिकार हनन् भइरहेको छ ।

काठमाडौं हुन लागेको सम्मेलनले एसियाबाट वैदेशिक रोजगारीमा जाने श्रमिकका साझा समस्यालाई सम्बोधन गर्ने अपेक्षा राखिएको छ ।

वैदेशिक रोजगारीका नाम हुने मानव तस्करीका घटना रोक्ने यो सम्मेलनको मुख्य लक्ष्य हुने बताइएको छ ।

के हुन्छ सम्मेलनमा ?

सम्मेलनको तयारी शुरु गरिएको जानकारी दिँदै राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले आप्रवासी कामदारको अधिकार रक्षा नै सम्मेलनको मुख्य एजेन्डा हुने बताए ।

उनले भने, ‘सम्मेलनमा वैदेशिक रोजगारीका नाममा आप्रवासी कामदारको मानवअधिकार हनन् रोक्ने, मानव बेचबिखनका समस्या समाधान गर्ने तथा आप्रवासी महिला कामदारको सुरक्षा तथा चुनौतीका विषयलाई प्राथमिकताका साथ उठाइने छ ।’

पछिल्लो समय रोजगारीका नाममा भइरहेको मानव तस्करी र मानव अधिकार हनन एसिया धेरै देशलाई चुनौतीको विषय भइरहेको पाठकले बताए ।

‘वैदेशिक रोजगारीका नाममा पछिल्लो धेरै मानव अधिकार हनन भइरहेको छ । यो क्षेत्रमा भइरहेको मानव अधिकार हननका विषयमा आयोगले नजिकबाट सम्बन्धित निकायसँग मिलेर काम गरिरहेको छ । धेरै नेपाली रोजगारीको बाहानामा मानव तस्करीको जोखिममा छन्’ उनले भने, ‘एसियाका धेरै महिला पुरुष रोजगारीका नाममा तस्करी भइरहेको छ । यस्ता समस्यालाई कसरी रोक्न साझा पहल सहितको अभियानका लागि सम्मेलन हुँदै छ । अव श्रमिक आपूर्ति गर्ने र लिन देशबिचका प्रतिनिधि एउटै मञ्चमा भएपछि एक किसिमको मानव तस्करी रोक्न रणनीति बन्छ ।’

रोजगारीका नाममा मानव तस्करी

राष्ट्रिय मानव अधिकार आयोगको मानव तस्करीसम्बन्धी प्रतिवेदन २०७६ अनुसार आर्थिक वर्ष २०७५/७६ को तथ्यांकअनुसार रोजगारीका नाममा मानव तस्करी बढिरहेको औल्याएको छ ।

रोजगारीका नाममा १५ लाख नेपाली तस्करीको जोखिम रहेको आयोगको प्रतिवेदनमा भनिएको छ । अफ्रिकी र खाडी मुलुक वैदेशिक रोजगारीको आवरणमा अफ्रिकी र खाडी मुलुकहरुमा नेपाली महिलाको तस्करी भइरहेको छ ।

केन्यादेखि दक्षिण अफ्रिकासम्म नेपाली युवतीहरु रोजगारीका नाममा अन्य देश हुँदै मानव तस्करी भइरहेकोको आयोगले जनाएको छ ।

खाडीका देश र मलेसिया नेपाली महिलालाई घरेलु काम गर्न पुर्‍याइने गरिएको छ । इराक, ओमान, अफगानिस्थान, सिरिया र लिबिया जस्ता द्वन्द्वग्रस्त देशमा वैदेशिक रोजगारीका बहानामा मनोरञ्जन क्षेत्रमासमेत नेपाली युवती तस्करी भइरहेका छन् । रोजगारीका नाममा भारतको यौन बजारमा नेपाली महिलाको बेचबिखन भइरहेका छन् ।

पछिल्लो समय विवाहको आवरणमा नेपाली महिलालाई चीनमा तस्करीका जोखिम बढिरहेको छ । यस्ता विषयमा महत्वका साथ उठाइने आयोगको प्रतिवेदनमा भनिएको छ ।

३२ देशका प्रतिनिधि सहभागि हुने

सम्मेलनमा दक्षिण एशिया, एशिया प्रशान्त क्षेत्र, अफ्रिका, दक्षिण अमेरिका र युरोप क्षेत्रका मानवअधिकार आयोगका प्रमुख आयुक्तहरुको सहभागिता हुन आयोगले जानकारी दिएको छ ।

यस्तै, आयोगले अधिकार संस्थाहरुको विश्व सञ्जालका प्रमुख, गन्तव्य देशका सरकारी निकायका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि र आप्रवासन क्षेत्रका विज्ञहरुको पनि सहभागिता हुने आयोगले जनाएको छ ।

सम्मेलनमा ३२ देशबाट अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने आयोगले जानकारी दिएको छ ।

३२ वटै देशका प्रतिनिधिले सम्मेलनमा आ–आफना देशबाट रोजगारीमा जाने श्रमिकको समस्याका बारेमा जानकारी गराउनेसहितको कार्यपत्र पेश गदै छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ४ : ३९ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग