मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउन दवाव « Khabarhub

मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय रिंगेट पुर्‍याउन दवाव


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया सरकारले सन् २०२० को जनवरीदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने भएको छ ।

गत महिना मलेसिया सरकारले श्रमिक पारिश्रमिक १ सय रिंगेट बढाउन निर्णय गरेको थियो । बजेटमा आगामी जनवरीदेखि मासिक एक हजार रिंगेट तलब लागू गरिएको क्षेत्रका कामदारले ११ सय रिंगेट र हाल ११ रिंगेट लागू गरिएको क्षेत्रका मजदुरहरुले १२ सय रिंगेट तलब पाउने प्रस्ताव गरिएको छ ।

मलेसियाका सांसदहरुले बढाइएको सय रिंगेट तलब अत्यन्तै न्यून रहेको भन्दै श्रमिकको तलब न्यूनतम १ हजार ५ सय रिंगेट पुर्‍याउन सरकारलाई दवाव दिएका छन् ।

श्रमिकको तलब न्यून भएको भन्दै तलब वृद्धिका लागि मानव संसाधान मन्त्रालयमाथि दवाव बढेको छ । मलेसियाको सरकारले सन् २०२० को जनवरी देखि वर्तमान न्यूनतम तलबमा एक सय रिंगेट वृद्धि गर्ने बजेट मार्फत घोषणा गरेको छ ।

मलेसियाको संसदमा सन् २०२० को बजेटमाथि छलफल गर्दै संसदले न्युनतम तलब बृद्धिका दवाव दिएको मलेसियाको अनलाइन द सन डेले उल्लेख गरेको छ । बजेटमाथि छलफल कार्यक्रममा बोल्ने सांसदले श्रमिकको तलबमा सरकारले हेरफरे नगरे आन्दोलन गर्ने समेत चेतावनी दिएको समाचारमा बताइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ४ : ०५ बजे

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन

रोहितले शतक हान्दा क्यानडाविरुद्ध नेपाल २४ रनले विजयी

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानाडा विरुद्धको खेलमा नेपाल