दोलखामा एक स्पेनी नागरिकको मत्यु « Khabarhub

दोलखामा एक स्पेनी नागरिकको मत्यु


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा एक स्पेनी नागरिकको मृत्यु भएको छ । रोल्वालिङ हिमश्रृङ्खलाअन्तर्गतको छिकिमागो हिमाल आरोहणका लागि गएका ४४ वर्षीय लुइस फिलिप भल्भर्दी गुजम्यानको हिउँमा चिप्लिएर मृत्यु भएको हो ।

सो घटनामा अर्का स्पेनी नागरिक डेभिड सुइला फर्नान्डिज घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश बोहोराले जानकारी दिए । घाइते फर्नान्डिजलाई सिम्रिक एयरको हेलिकप्टरमा उद्धार गरी आज उपचारका लागि काठमाडौँ लगिएको छ ।

हिमाल आरोहणमा गएका चार स्पेनी नागरिक भरियासहित गत असोज १२ गते सो हिमाल आरोहण गर्न गएको बताइएको छ । अरु सबै जना सकुशल रहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ९ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै