ज्योतिष शास्त्रः विहीबार जन्मेका मान्छेको भाग्य कस्तो हुन्छ ? « Khabarhub

ज्योतिष शास्त्रः विहीबार जन्मेका मान्छेको भाग्य कस्तो हुन्छ ?


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ज्योतिष शास्त्रमा जन्मबार अनुसार पनि मानिसको भाग्यमा असर गर्ने बताइन्छ ।

जन्म समय अनुसार नै मानिसको भूत, वर्तमान र भविष्यका बारेमा फलादेश गरिन्छ । आज विहीबार, विहीबार जन्मेका मान्छेको भाग्य कस्तो हुन्छ ? भन्ने विषयमा यहाँ चर्चा गरिएको छ-

विहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र समझदार हुने गर्दछन् । तपाई विहीबार जन्मिनुभएको हाे भने मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण तपाई आदर्श पनि हुनुहुन्छ । सफा र स्वच्छ विचारधाराको मालिक पनि हुनुहुन्छ ।

तपाईभित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्नुपर्छ ।

तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । बिहीबार जन्मेका मानिसहरुको प्रेम विवाह हुने सम्भावना अधिक रहन्छ । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ । स्वास्थ्यको दृष्टिकोणले विहीबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाईको समस्या देखिन सक्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १० : ४५ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन