आमिर खानले खोले राज, ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप हुँदा किन मागेका थिए माफी? « Khabarhub

आमिर खानले खोले राज, ‘ठग्स अफ हिन्दोस्तान’ फ्लप हुँदा किन मागेका थिए माफी?


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडका मिस्टर प्रफेक्शनिस्ट सुपरस्टार आमिर खान पछिल्लो समय फिल्म ‘लाल सिंह चड्ढा’ का कारण चर्चामा छन् । आमिरको पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ बक्स अफिसमा पूर्ण रुपमा फ्लप भएको थियो ।

मल्टिस्टारर फिल्म हुँदा पनि फिल्मले कुनै कमाल देखाउन सकेन ।

आमिरले यो फिल्म फ्लप हुनुको पूरै जिम्मा आफूले लिँदै सबैसँग माफी पनि मागेका थिए । अहिले आएर आमिरले यो खुलाएका छन्, आखिर उनले किन माफी मागेका थिए ?

हालै आमिरलाई सोधियो – फिल्म फ्लप हुँदा फ्यानसँग किन माफी माग्नुभयो? यसको जिम्मा तपाईंले किन लिनुभयो?

आमिरले भने – उनीहरुले मलाई सधै आफ्नो कामप्रति जिम्मेवार महसूस गराउँछन् ।

पछिल्ला दुई दशक आमिरका कुनै त्यस्ता फिल्म आएनन्, जुन नचलेका होऊन् ।

आमिरले अगाडि थपे – यो फिल्म बहुप्रतीक्षित फिल्म थियो । दर्शकलाई फिल्मप्रति धेरै आशा थियो । त्यसैले पनि मैले क्षमा मागेँ । मलाई लाग्यो कि, दर्शकको विश्वासमा म खरो उत्रिन नसकेकोमा मैले माफी माग्नुपर्छ ।

आमिरलाई सोधियो – असफलताबाट के सिक्नुहुन्छ?

‘असफलताले तपाईंलाई धेरै कुरा सिकाउँछ,’ आमिरले भने ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ११ : १३ बजे

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण

अफगानिस्तानमा विस्फोट, तीन बालबालिकाको मृत्यु

काबुल- पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा विगतको युद्धबाट बाँकी रहेको विस्फोटक उपकरण