यस्तो छ लता मंगेशकरको पछिल्लो स्वास्थ्य अवस्था | Khabarhub Khabarhub

यस्तो छ लता मंगेशकरको पछिल्लो स्वास्थ्य अवस्था


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतकी स्वरकोकिला लता मंगेशकरको स्वास्थ्यमा केही समययता समस्या देखिएको थियो । खराब अवस्थाका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबरले लताका फ्यान दुःखी थिए ।

पछिल्लो अपडेट अनुसार लताको अवस्थामा सुधार आएको छ । फिल्ममेकर मधुर भण्डारकरले आफ्नो इन्स्टाग्राममा लताको पछिल्लो अपडेट दिएका छन् ।

‘म लता दिदीलाई भेट्न अस्पताल पुगेको थिएँ, उहाँको अवस्था अहिले स्थिर छ र उपचारले पनि सकारात्मक रुपमा प्रभाव पारेको छ,’ उनले भनेका छन् ।

अमेरिकाबाट आएको एक डाक्टरको समूहले लताको स्वास्थ्य जाँच गरिरहेको छ । भारतीय मिडियाका अनुसार उनलाई अहिले पनि अस्पतालमा राखिएको छ तर स्वास्थ्यमा सुधार आएको छ ।

९० वर्षीया लताले हिन्दी भाषासहित अन्य भाषाका गीतमा स्वर दिएकी छिन् । उनी सुरिलो स्वरका कारण भारतभर प्रख्यात छिन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ४ : १४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर