अशुभ भयो भन्दै साइत हेराएरै डेरा सरे प्रधानमन्त्री ! « Khabarhub

अशुभ भयो भन्दै साइत हेराएरै डेरा सरे प्रधानमन्त्री !


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले बसिरहेको भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली अर्को डेरामा सरेका छन् । बुधबार साईत हेरेरै  हाल बसिरहेको भवनबाट वालुवाटारभित्रै रहेको अर्को भवनमा प्रधानमन्त्री ओली सरेका हुन् ।

प्रधानमन्त्रीको निवासका रुपमा रहेकको अहिलेको भवन अशुभ रहेको भन्दै पहिलेदेखि नै कतिपय ज्यातिषहरुले त्यहाँ बस्न नहुने तर्क गर्दै आएका थिए ।

पञ्चायतकालमा तत्कालीन राजाको निर्देशनअनुसार निर्माण गरिएको बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवास अहिले पुरानो र साँघुरो भएको भन्दै हिजैबाट भत्काउन थालिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार उक्त ठाउँमा नयाँ भवन दुई खण्ड (व्लक)मा निर्माण गरिने छ ।

जसमा एउटै भवनभित्र दुईखण्ड हुनेछन् । एउटा खण्ड प्रधानमन्त्रीको नितान्त निजी निवास र अर्को खण्ड सार्वजनिक जस्तै हुने शिलान्याशका बेला भवन विभागले बताएको थियो ।

विभागका अनुसार निजी खण्ड (व्लक) प्रधानमन्त्रीको पारिवारीका प्रायोजका लागि मात्र हुनेछ । तर अर्को खण्ड निजी नै भएपनि मन्त्रिपरिषद् बैठक बस्न कक्ष, प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने स्टुडियो, भेटघाटका लागि हल हुनेछ ।

नयाँ भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले गत २ असोजमा उद्घाटन गरेका थिए । करिब ४९ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने भवन दुई वर्षमा सकिने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ६ : २३ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका