सडकमा जमेको हिउँ हटाई सवारी सञ्चालन « Khabarhub

सडकमा जमेको हिउँ हटाई सवारी सञ्चालन


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ–लगातार भईरहेको हिमपातका कारण मनाङमा सवारी आवागमन ठप्प भई जनजिवन कष्टकर बन्दै गएपछि सडकमा जमेको हिउँ हटाई सवारी तथा पैदल यात्रुहरुको लागि आवागमन सहज बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मनाङको प्रहरी टोलिले जिल्लाको चामे गाउँपालिका वडा नं. १ तिमाङ देखि वडा नं. ३ कोतो सम्म विभिन्न स्थानमा सडकमा जमेको हिउँ हटाई सवारी तथा पैदल यात्रुहरुको लागि आवागमन सहज बनाएको हो ।

प्रमुख जिल्ला अधिकारी , जिल्लाका प्रहरी प्रमुख लगायतका अन्य सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिको सहभागितामा प्रहरीले हिउँ हटाई सवारी साधनहरु बेशीशहरबाट मनाङ सदरमुकाम चामे तर्फ संचालन हुने स्थिती बनाएको जनाएको छ ।

साथै जिल्लाको सदरमुकाम स्थित विभिन्न संघ संस्था, स्थानिय जनप्रतिनिधी, युवा क्लव, आमा समुह, होटल व्यवसायी, भद्रभलादमी लगायत सर्वसाधरण नागरीकको उपस्थितिमा विपद व्यवस्थापन अन्तर्गत सवारी दुर्घटना न्युनिकरण तथा सडक सुरक्षा सम्वन्धी पर्चा वितरण गरी जनचेतनामुलक कार्यक्रम समेत सम्पन्न भएको छ ।

त्यसैक्रममा जिल्लाको नासों गाउँपालिका वडा नं. ९ दानक्यु स्थित वेशिशहर चामे सडक खण्डमा सवारी दुर्घटना न्युनिकरण तथा सडक सुरक्षा सम्वन्धी सवारी धनी, सवारी चालक र सह-चालक साथै यात्रुलाई भेला जम्मा गराई सवारी दुर्घटना सम्बन्धी जनचेतनामुलक पर्चा पम्पलेट वितरण गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १ : ५० बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय