रूसी कम्पनीमाथि प्रतिबन्ध लगाउन ट्रम्पद्वारा हस्ताक्षर, मस्को र जर्मर्नीद्वारा आलोचना « Khabarhub

रूसी कम्पनीमाथि प्रतिबन्ध लगाउन ट्रम्पद्वारा हस्ताक्षर, मस्को र जर्मर्नीद्वारा आलोचना


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसदेखि जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणाधिन पाइपलाइनलाई रोक्ने उद्देश्यका साथ पाइपलाइन निर्माण गरिरहेका रूसी कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेका छन् ।

अमेरिकी कङ्ग्रेसले उक्त कार्यबाट आफ्नो सहयोगी मानिदै आएका यूरोपेली मुलुकहरूबाट क्रेमलिनले फाइदा लिनसक्ने भन्दै चासो ब्यक्त गरेपछि राष्ट्रपति ट्रम्पले ग्यास पाइपलाइन निर्माणको जिम्मा पाएका कम्पनीहरूलाई प्रतिबन्ध लगाउनका पत्रमा हस्ताक्षर शुक्रबार गरेका हुन् ।

प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको निर्णयप्रति यूरोपेली संघ (इयू) ले असन्तुष्टि प्रकट गरेको छ । ट्रम्पले वासिङ्टन, डीसीबाहिर ‘जोइन्ट वेस एन्ड्रुज’ नामक वायुसेनाको शिविर स्थापना गर्ने विधेयक र रूस–यूरोप पाइपलाइन निर्माण कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णयमा एकैसाथ हस्ताक्षर गरेका हुन् ।

बाल्टिक सागरमुनि करिब ११ अर्ब अमेरिकी डलर लगानीमा निर्माणाधिन ‘नर्डस्ट्रिम टु पाइपलाइन’ को निर्माणपछि यूरोपको शक्तिशाली अर्थतन्त्रका रूपमा चिनिने जर्मनीमा रूसले आफ्नो ग्यास आपूर्तिलाई दोब्बर बनाउने लक्ष्य राखेको छ ।

अमेरिकी सांसदहरूले पाइपलाइनले दुश्मन शक्ति (रूस सरकार)लाई सम्पन्न बनाउने र यसबाट रूसी नेता भ्लादिमिर पुटिनको यूरोपमा प्रभाव बढ्ने निष्कर्षसाथ अमेरिकी दुबै सदनले प्रतिबन्धलाई अनुमोदन गरेको हो । कङ्ग्रेसका दुबै सदनले प्रतिबन्ध लगाउने कानूनलाई मङ्गलबार अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए ।

डेमोक्रेटिक प्रतिपक्षीद्वारा पुटिनप्रति नरम बनेको आरोप खेप्ने गरेका ट्रम्पले कानूनलाई अनुमोदन गर्नुको विकल्प कमै थियो ।

अमेरिकी कडा प्रतिरोधका कारण मस्को र इयू नराम्रोसँग चिढिएका छन् ।

जर्मनीका विदेशमन्त्री हेइको मासले निर्णयप्रति अमेरिकी समकक्षी माइक पोम्पेओसँग शुक्रबार फोनवार्ता गर्नुभएको छ । जसमा पोम्पेओले कडा विरोध जनाएको अमेरिकी विदेशमनत्रालय स्रोतले जनाएको छ ।

विदेशमनत्रालयका प्रवक्ता मोर्गान ओटगसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अमेरिकाले पाइपलाइन निर्माणसम्बन्धी उक्त आयोजनाप्रति ‘कडा प्रतिवाद’ गरेको छ ।

यसैबीच अमेरिकाले आफ्नो आन्तिरिक मामिलामा हस्तक्षेप गरेको भन्दै जर्मनीले अमेरिकी उक्त कदमको विरोध गरेको छ । यसप्रति रूस र इयूले पनि अमेरिकी हस्तक्षेपको विरोध गरेका छन् ।

ट्रम्पले प्रतिबन्ध लगाउने कानूनमा हस्ताक्षर गरेको एक दिनपछि मस्को र यूरोपेली यूनियनले प्रतिबन्धको आलोचना गर्दै शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ८ : ४६ बजे

एमाले पोलिट्ब्युरो सदस्य रानाले राजनीतिबाट बिदा लिए 

काठमाडौं– नेकपा एमालेका पोलिटब्युरो सदस्य दल बहादुर रानाले सक्रिय राजनीतिकबाट

इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुख : २०२६ पछि डिजेल आयात रोकिने

एजेन्सी– इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यसहित सन् २०२६ देखि

प्रेस चौतारीका पूर्वअध्यक्ष अर्याल भन्छन् : अहिले केपी ओलीको विकल्प छैन

काठमाडौं– प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले नेकपा एमालेको आगामी

विधान संशोधन प्रस्ताव आए प्रतिवाद गर्छौं : उपाध्यक्ष शाक्य

काठमाडौं- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीबाट

ट्रकमा कार ठोक्किँदा एक वृद्धको मृत्यु

चन्द्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार