क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा, ८० लाखको काम सम्पन्न भएको धुर्मुसको भनाइ | Khabarhub Khabarhub

क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा, ८० लाखको काम सम्पन्न भएको धुर्मुसको भनाइ


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चितवन– रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् ।

रङ्गशाला निर्माण गर्दै गरेका कुञ्जना घिमिरे र सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलका अनुसार रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवासगृह, गोदाम घर, सुरक्षाकर्मी घर लगायतका आवश्यक संरचना निर्माण भइसकेको छ । हालसम्म करीब रु ८० लाखको काम सम्पन्न भएको उनले बताए ।

यसै सातादेखि खेलमैदानको भुइँको काम थालिने छ । अन्तर्राष्ट्रियस्तरको र पूर्वअभ्यासका लागि एउटा÷एउटा खेल मैदान निर्माण गरिने कट्टेलले बताए । गुरुयोजना तयार गरी नक्साङ्कनको काम तीव्र गतिमा अघि बढाइएको उनले बताए । वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अघि बढाइएको छ ।

क्रिकेट बाहेक अन्य खेलको विस्तृत अध्ययन प्रतिवेदन पनि अन्तिम चरणमा पुगेको छ भने क्रिकेटको प्रतिवेदन निर्माणको काम भइरहेको कट्टेलले बताए । उनका नुसार आउँदो ३० वर्षपछि हुने प्रविधि अहिलेनै प्रयोग गरेर नक्साङ्कनको काम भइरहेको छ । यसका लागि नेपालीसँगै विदेशी विज्ञले पनि काम गरिरहेका छन् ।

जेठ महीनासम्ममा रु ५० करोड सङ्कलन गरी आवश्यक सामग्री जम्मा गर्ने तयारी भइरहेको छ । हालसम्म रु ६ करोड सङ्कलन भएको फाउण्डेसनले जनाएको छ । कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु हुने क्रममा रहेको बताउँदै कतिपय जिल्लामा सहयोग समिति बनेर रकम सङ्कलन हुन थालेको बताए ।

सबै जिल्लामा समिति निर्माण गरी रङ्गशालाको अपनत्व लिने गरी आर्थिक सहयोग अभियानलाई तीव्रता दिइने उनले बताए। अर्थ सङ्कलनका लागि यही वैशाख १३ गते फाउण्डेसनको टोली दुबई जाँदै छ भने त्यस लगत्तै जापान, अष्ट्रेलिया, युरोप र अमेरिका जाने कार्यक्रम रहेको छ । फाउण्डेसनको खातामा पहिले जम्मा भएको रु दुई करोड नौ लाख बाट कामको भुक्तानी भइरहेको उनले बताए ।

बहुउपयोगी रङ्गशाला निर्माणमा रु तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । त्रिभुवन विश्वविद्यालयको नाममा रामपुरमा रहेको २० बिघा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशालालाई खेलकूद एकेडेमीका रूपमा विकास गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : ५७ बजे

किसानलाई अनुदानमा हाते ट्रयाक्टर वितरण

गोरखा– गोरखा नगरपालिका– ८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती 

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै