श्रृंखलाबद्ध बम विष्फोट : कर्फ्यु आदेश जारी, सामाजिक सञ्जाल बन्द « Khabarhub

श्रृंखलाबद्ध बम विष्फोट : कर्फ्यु आदेश जारी, सामाजिक सञ्जाल बन्द


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– करिब १ सय ४० जनाको ज्यान जानेगरी श्रीलंकाका विभिन्न स्थानमा भएका बम विष्फोटपछि त्यहाँ सामाजिक सञ्जाल केही समयका लागि बन्द गरिएको छ ।

विष्फोटनपछि विभिन्न झुठा र मानिसहरुलाई भड्काउने किसिमका समाचार सामाजिक सञ्जालमार्फत् फैलिएपछि त्यसलाई रोक्नका लागि फेसबुक र इन्स्टाग्रामसहितका सामाजिक सञ्जाल केही समयका लागि बन्द गरिएको श्रीलंका सरकारको सचिवालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

त्यस्तै, विष्फोटनलाई मध्यनजर गर्दै श्रीलंकाभर बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म उच्च सुरक्षा सतर्कताका साथ कर्फ्यु जारी गरिएको छ । यसअघि त्यहाँको शिक्षामन्त्रालयले सोमबार र मंगलबारका लागि विद्यालयहरु बन्द गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ४ : ४० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र