वडाध्यक्ष भन्छन्–घटना थप रहस्यमय बन्दैछ, अहिले बोल्ने अवस्था छैन « Khabarhub

वडाध्यक्ष भन्छन्–घटना थप रहस्यमय बन्दैछ, अहिले बोल्ने अवस्था छैन


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पाँचथरको मिग्लाजुङ गाउँपालिका ३ आरुबोटेमा विभत्स हत्यामा ९ जनाको मृत्यु भएको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालयको टोली तथा स्थानीय जनप्रतिनिधि पुगेका छन् ।

घटनास्थलमा पुगेका मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष हस्तराज फियाकले घटनाको बारेमा जानकारी दिँदै एकान्तमा रहेका दुई घरका ९ जनाको हत्या भएको बताए ।

खबरहबसँगको कुराकानीमा उनले घटनास्थल नजिकै मृतक बमबहादुर फियाकका कान्छा ज्वाई पनि झुण्डिएको अवस्थामा फेला परेका छन् । बमबहादुर फियाक र उनका जेठा ज्वाई धनराज शेर्माको घरमा विभत्स हत्यको घटना भएको थियो ।

‘हामीले बिहानमात्र घटनाबारे जानकारी पायौं । सूचना पाउने वित्तिकै घटनास्थलमा पुग्दा यहाँको स्थिति भयाभह थियो । हामीले सबैतिर खबर गरेपछि अहिले प्रहरी, स्थानीयबासी तथा सम्पूर्ण जनप्रतिनिधिहरु यहाँ भेला भएका छौं,’ वडाध्यक्ष हस्तराजले भने, ‘काठमाडौंबाट सीआईबीको टोली पनि आउँदै गरेको हामीलाई जानकारी आएको छ । त्यो टोली आएपछि मात्र मुचुल्का उठाउने र पोस्टमार्टमका लागि लैजाने कुरा भएको छ ।

स्थानीय छिमेकीहरुले बताए अनुसार कान्छा ज्वाईसँगको पारिवारिक बेमेलका कारण यो घटना घटेको हुनसक्ने अनुमान रहेको उनले बताए । हस्तराजले भने, ‘कान्छा ज्वाई र छोरी बेग्लाबेग्लै बस्ने गरेको रहेछन् । अहिले घटनाको नजिकै कान्छा ज्वाईको शव पनि झुण्डिएको अवस्थामा फेला परेको छ । यसले घटना थप रहस्यमय बनाएको छ । बोल्न सक्ने अवस्था छैन ।’

उनले घटनाको विभत्स दृश्य देखेकी १२ वर्षकी बालिकासँग पनि पूर्ण रुपमा जानकारी लिन सक्ने अवस्था नरहेको बताए । घटना भएका दुई घर १५ मिनेटको दूरीमा रहेको पनि वडाध्यक्ष हस्तराजले बताए ।

३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  १ : ०८ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग