मिक्लाजुङको कारुणिक दृश्य– मझेरीमा शव, आँगनमा चित्कार ! | Khabarhub Khabarhub

मिक्लाजुङको कारुणिक दृश्य– मझेरीमा शव, आँगनमा चित्कार !




फिदिम– पाँचथर जिल्लाको सदरमुकाम फिदिमबाट करिव ६५ किलोमिटर टाढा रहेको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार अकल्पनीय घटना घट्यो । दुई परिवारका नौ जनाको धारिलो हतियार प्रयोग गरी भएको त्यो विभत्स हत्याको घटना सम्झिँदा काहाली लाग्दो छ ।

सुन्दै आङ सिरिङ्ग हुने घटनाले मन पिरोल्यो । एकाविहानै सामुहिक हत्याको खबर सुनेपछि सञ्चारकर्मीका रुपमा कर्तव्य निभाउन घटनास्थतिर दौडिए । रिपोर्टिङकै क्रममा घटनास्थल पुग्दा होस हवास् नै गुम्यो । घटनास्थलको दृश्य, स्थानीयको चित्कारले मन थामिन सक्ने अवस्थान थिएन ।

विभत्स हत्यापछि यत्रतत्र छरिएका शवहरु देख्दा जो कोहीको आँखा रसाउँछ । मन थामि नसक्नु हुन्छ । ज्यान गुमाएका ७३ वर्षीय बमबहादुर फियाकको शवको अवस्था झन हेरिसक्नु थिएन । अनुहार चिनिदैन । एकपटक होइन पटक–पटक धारिलो हतियार प्रयोग भएको छ । अरु शवहरुको अवस्था पनि उस्तै, खुला रहेको ढोकाबाट भित्र मझेरीसम्म लस्करै चारओटा शव थिए ।

त्यो भन्दा एक किलोमिटर माथितिर रहेको बमबहादुरकै माहिला ज्वाईंको घरको अवस्थाले झन पीडाबोध गरायो । नाबालक छोरीसहित बुबाआमाको शव पनि उस्तै क्षतविक्षत अवस्थामा थियो ।

मिक्लाजुङ–३ दशमीमा ७३ बर्षीय बमबहादुर फियाक उनकी श्रीमती फसिमाया फियाक, उनकी कान्छी छोरी मनकुमारी फियाक र नातिनी श्रेया फियाकको एउटा घरमा तथा उनकै माहिला ज्वाईं धनबहादुर शेर्माको परिवारमा शेर्मासहित उनकी श्रीमति अस्मिता छोरीहरु यौवना र मुना अनि शेर्माकै घरमा बसिरहेकी इच्छा शेर्माको विभत्स हत्या भएको हो ।

करिव १ किलोमिटरको दुरीमा यी दुईवटा घरहरु छन् । घरका सबै परिवारको हत्या हुँदा बाजे अथवा बमबहादुर फियाकको घरमा बसेकी कक्षा ९ मा पढ्ने सीता खजुम भने भागेर आफ्नो ज्यान जोगाउन सफल भएकी थिइन् ।

बमबहादुर फियाककी कान्छी छोरी मनकुमारी फियाकका श्रीमान मिक्लाजुङ गाउँपालिका निवासी मानबहादुर माखिममाथि हत्याराको आशंकामा अनुसन्धान भइरहेका बेला उनको शव समेत छुण्डिएको अवस्थाम फेला पर्यो‍ ।

सामूहिक हत्याको घटनामा ज्यान जोगाउन सफल भएकी सीता झन विछिप्त छिन्, बोल्न नसक्ने अवस्थामा । उनलाई प्रहरीको संरक्षणमा उपचार भइरहेको छ । अनुसन्धानको सबैभन्दा बलियो पाटोका रुपमा प्रहरीले पनि उनै बालिकालाई मानेको छ ।

स्थानीयका अनुसार बमबहादुर मनकारी थिए । उनले कसैको कुभलो चिताएनन् । गाउँमा पनि मिलनसार थिए । त्यही भएर उनले आफू बसेको ठाउँ नजिकै माहिला ज्वाईंलाई पनि बासस्थानको व्यवस्था गरिदिएका थिए ।

अलि टाठीबाठी उनकी प्यारी पनि थिइन्– माइली छोरी । यो बुढेसकालमा माहिला ज्वाईंलाई नै साहारा मानेर बसेका थिए बमबहादुर । उनले छोरीपट्टीका नातिनीहरुलाई पनि नजिकैको स्कूलमा भर्ना गरिदिएका थिए । सोमबार रातिको विभत्स घटनाले अब उनको परिवारमा दुईजना छोरीहरु जेठी र साईंलीमात्र बाँकी रहे ।

घटना घटेको एक किलोमिटर दुरीका दुईवटा घरको विचमा अरु पनि थुप्रै घरहरु छन् । तर ती घरमा बस्ने स्थानीयहरुले पनि घटना घटेको मंगलबार बिहान मात्रै थाहा पाएको बताएका छन् ।

निकै काहालिलाग्दो दृश्यको साँची बनेर फिदिम फर्कदै गर्दा बारम्बार मानसपटलमा त्यही विभत्स दृश्य घुमिरह्यो । मनमा अनेक प्रश्न उब्जिए । मान्छे कतिसम्म क्रुर बन्न सक्दोरहेछ…

घटनाको दोषी को ?

घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीले ९ जनाको विभत्स हत्यामा फियाककी कान्छी छोरी मनकुमारीका श्रीमान् मानबहादुर माखिम रहेको हुनसक्ने आशंका गरेको थियो ।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ लिम्बा घर भएकी मनकुमारी केही समययतादेखि माइतीमै बस्दै आएकी थिइन् । श्रीमानसँग सम्बन्ध विच्छेदको अवस्था आएपछि उनी माइतीमै आएर बसेकी थिइन् ।

श्रीमान–श्रीमतिबीच सम्बन्ध विच्छेद गर्ने सम्मको अवस्था पुगेका कारण मानबहादु क्रुर बनेको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष थियो । तर, आशंका गरिएका व्यक्ति नै झुण्डिएको अवस्थामा मृत भेटिएपछि घटनाको अनुसन्धान थप जटिल र रहस्यमय बनेको छ । अहिले प्रहरीले घटनास्थललाई सिल गरेर अनुसन्धान जारी राखेको छ ।

(मिक्लाजुङ गाउँपालिकामा भएको विभत्स हत्याको घटनास्थलबाट फर्किएपछि )

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ८ : ३९ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे