ब्यायफ्रेन्डसँगको ‘चुम्बन’ ले विवादमा तानिइन् साम्राज्ञी ! « Khabarhub

ब्यायफ्रेन्डसँगको ‘चुम्बन’ ले विवादमा तानिइन् साम्राज्ञी !


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘ड्रिम्स’ बाट राम्रो चर्चा पाइन् । यो फिल्ममा उनको रुपको मात्र होइन, अभिनयको पनि उत्तिकै चर्चा भयो । त्यसपछि साम्राज्ञी एकाएक मिडियाको नजरमा परिन् । एउटै फिल्मले उनलाई हिट बनाइदियो ।

पछिल्लो समय भने साम्राज्ञीले अभिनयमा कुनै सुधार ल्याउन नसकेको भन्दै टिप्पणी हुन थालेको छ । उनले अभिनय गरेका पछिल्ला फिल्म ‘तिमी सँग’, ‘ए मेरो हजुर २’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘कायरा’ लगायत फिल्ममा उनको एउटै अभिनय भएको र अभिनयमा कुनै सुधार हुन नसकेको बताइयो ।

तर यस्ता कुरालाई साम्राज्ञीले खासै महत्त्व दिन्निन् ।

एक अन्तर्वार्तामा उनले समाजले भन्ने कुरालाई आफूलाई खासै फरक नपार्ने र यो क्षेत्र नै यस्तै भएको बताएकी थिइन् ।

पछिल्लो समय चर्चामा रहिरहने साम्राज्ञीले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीरका कारण पनि हंगामा मच्चाउने गर्छिन् । केही समयअघि उनी गोप्य स्थानमा ट्याटु खोपाएका कारण चर्चामा आइन् । पछि यो तस्वीर आफूले नचाहेरै अरुले शेयर गरेको बताइन् ।

साम्राज्ञीले केही समयअघि गाउँले भूमिकामा काम नगर्ने बताउँदै अन्तर्वार्ता दिएपछि उनको व्यापक विरोध भयो । उक्त विरोधपछि आफूले गाउँले भूमिकालाई हेपेर नभएर सकिन्न कि भन्ने लागेर अभिनय नगर्ने भनेको बताइन् ।

सम्भवतः उनलाई दशैँमा रिलिज हुने फिल्म ‘रातो टीका निधारमा’ मा गाउँले भूमिकामा नै देखिनेछ ।

यतिबेला भने साम्राज्ञी अर्को कारणले विवादमा तानिएकी छिन् । सामाजिक सञ्जालमा प्राय बिकिनी अवतारमा प्रस्तुत भइरहने साम्राज्ञीको यो रुपलाई त दर्शकले पनि सामान्य नै लिने गरेका थिए । यतिसम्म कि, साम्राज्ञीले ड्रिङ्क्स गर्दै स्वीमिङ पुलका बिकिनी अवतारमा देखिएका तस्वीरमा पनि सार्वजनिक गरेकी हुन्छिन् ।

हालै साम्राज्ञी आफ्ना प्रेमी देवांकस राणासँग इन्डोनेसियाको बालीमा रमाइरहेका तस्वीर सार्वजनिक भएपछि उनी विवादमा तानिएकी हुन् ।

तस्वीरमा उनका प्रेमी देवांकसले साम्राज्ञीलाई शरीरका विभिन्न भागमा चुम्बन गरेका छन् । एक यी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विवादमा परेकी छिन् ।

तर, साम्राज्ञी भने दर्शकका गालीलाई सामान्य लिन थालेकी छिन् । देवांकसले ओठ, छाति र कम्मर पछाडिको भाग चुमेको तस्वीरमा देख्न सकिन्छ । यी तस्वीर शेयर भएपछि सााम्राज्ञीको व्यापक विरोध भएको छ ।

केही समयअघि मंयक खड्कासँग प्रेमसम्बन्धमा रहेकी साम्राज्ञी उनीसँगको ब्रेकअपपछि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांकस राणासँग रमाइरहेकी छिन् ।

केही वर्षयता साम्राज्ञी एकपछि अर्को गर्दै विवादमा तानिएकी छिन् । आजभोलि उनका फिल्मको चर्चा कम र व्यक्तिगत जीवनको चर्चा ज्यादा हुन थालेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १२ : ३७ बजे

पदाधिकारी नियुक्ति प्रक्रिया पारदर्शी बनाइने छ : मन्त्री मेहता

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म

बजेटका पक्षमा मतदान गर्न ‘ह्विप’ जारी

मकवानपुर– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज हेटौँडामा भएको

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क