नेकपा एकीकरण : ८३  इञ्चार्ज र सह– इञ्चार्ज तोकिए « Khabarhub

नेकपा एकीकरण : ८३  इञ्चार्ज र सह– इञ्चार्ज तोकिए


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका गरि ८३ इञ्चार्ज तथा सह–इञ्चार्ज टुंगो लगाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला कमिटी र जिल्ला कमिटी सरह नै मान्यता पाएका ६ महानगरका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लागेको बताए ।

नामावली आइतवार साँझसम्म सार्वजनिक हुने उनले बताए । यो निर्णयलाई केन्द्रीय कमिटी र स्थायी समितिमा पनि पेश गरिने प्रवक्ता श्रेष्ठले बताए ।

इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका इञ्चार्ज र सहइञ्चार्जलाई नै दिइएको उनले बताए ।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।

आज नै निर्णय हुने भनिएको विभिन्न विभाग, आयोगको एकताको निर्णय भने सरेको छ । मंगलबार १ बजेका लागि बोलाइएको अर्को बैठकले यसबारे निर्णय गर्ने भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ४ : ०१ बजे

मुग्लिन–पोखरा खण्ड : एक अर्ब २१ करोड लागतमा आर्क ब्रिज बनाइँदै

दमौली–मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक