खानेपानी मन्त्री मगरद्वारा गायिका घर्तीमगरलाई सम्मान « Khabarhub

खानेपानी मन्त्री मगरद्वारा गायिका घर्तीमगरलाई सम्मान


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व. अरुण थापा मगरको सम्झनामा आइतबार विशेष कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समितिले प्रज्ञा भवनमा स्व. थापाको २० औं स्मृतिसभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री बिना मगरले वरिष्ठ गायिका पवित्रा घर्तीमगरलाई पुरस्कार सहित सम्मान गरेकी हुन् ।

गायिका घर्ती मगरले करिब ५ सय जति लोक तथा आधुनिक गीतहरु गाएकी छिन् । कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले अरुण थापा जस्तो चर्चित तथा लोकप्रिय गायकको सम्झना सबैले गर्नुपर्ने र गीत संगीतको क्षेत्रमा उनले पुर्‍याएको योगदानलाई राज्यले उचित कदर गर्नुपर्ने बताए ।

उनले गायक अरुण थापाको गीतको प्रशंसक भएको बताइन् । फरक प्रसंगमा उहाँले राज्य व्यवस्था परिवर्तनमा मगर समुदायले गरेको त्याग र बलिदानीको उच्च प्रशंसा समेत गरिन् ।

‘मगर समुदायले राज्य व्यवस्था परिवर्तन गर्न बलिदान मात्रै दिन जानेको छैन, उनले भनिन्, ‘मगर समुदाय समृद्ध नेपाल निर्माणमा समेत सहयोग र साथ दिन सधैं तयार रहनुपर्छ ।’

कार्यक्रममा गायक स्व. अरुण थापाको सम्झनामा उनका गीत गाएका थिए । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘जति माया गरे पनि जति कसम खाए पनि’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’, र ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई नसोध’ लगायत स्व. थापाका थुप्रै गीतहरु अझैपनि उत्तिकै चर्चित छन् ।

वि.सं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरबाट गायक थापाको निधन भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : २७ बजे

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको