वामदेव र नारायणकाजीको जवाफले बालुवाटारमा हाँसो गुञ्जायमान ! (भिडियो सहित) « Khabarhub

वामदेव र नारायणकाजीको जवाफले बालुवाटारमा हाँसो गुञ्जायमान ! (भिडियो सहित)


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपाले ८३ इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ ।

आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला र ६ महानगरपालिकाका इञ्चार्ज र सहइञ्चार्ज तोकिएको जानकारी दिए ।

बैठक सकिएपछि नेताहरु बाहिर निकिस्कएका थिए । त्यसक्रममा बाहिरिएका अन्य नेताहरु सञ्चारकर्मीसँग प्रतिक्रिया दिएनन् ।
सचिवालय सदस्य वामदेव गौतम आउनसाथ सञ्चारकर्मीले घेरे र निर्णयहरु बारे प्रश्न गरे ।

वामदेवले जिल्लाका इञ्चार्ज र सहइञ्चार्ज तोक्ने निर्णय भएको जानकारी दिए । तर विभागहरु बारे निर्णय नभएको उनले बताए ।

वामदेवले भने– ‘सवै विभागको चाँहि बाँकी छ । संगठन विभाग म हुने कुरा पक्का छ ।’ उनको जवाफ नसकिँदै बालुवाटारमा पत्रकारमाझ हाँसो फैलन्छ ।

त्यस लगत्तै बैठकबाट बाहिरिएका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले गरेको निर्णयहरुबारे जानकारी गराए ।

प्रवक्ता श्रेष्ठसँग सञ्चारकर्मीले सोधे,‘ पहिला सहमति भएको भनिएको थियो आज किन घोषाण भएन विभागहरु बारे ?’

जवाफमा प्रवक्ता श्रेष्ठले भने,‘तपाईहरुलाई अपूर्ण कुरा आउँछ र त्यही तपाईहरु प्रकाशित गर्नुहुन्छ र समस्या त्यसले पैदा गर्छ । गृहकार्य चाँहि अध्यक्षहरुले गर्नु भएको हो, गृहकार्य भनेको निर्णय चाँहि होइन । गृहकार्यपछि पहिलोपटक आज सचिबालय बैठक बस्दैछ । त्यो सचिवालय बैठकले जे टुंगो लगायो त्यो आधिकारीक निर्णय हो ।’ उनको यस्तो जवाफ सुनेपछि पत्रकारले प्रश्न गरे– ‘वामदेव गौतमले संगठन विभागमा म हो निर्णय भै सक्यो भन्नु भयो नि त !’

प्रश्न सुनेपछि हाँस्दै प्रवक्ता श्रेष्ठले यस्तो जवाफ दिए– वामदेव कमरेडलाई लाग्या होला ! पर्सि बस्ने सचिबालय बैठकले मैलाई बनाउने निर्णय गर्छ भन्ने लाग्या होला तर निर्णय केही भएको छैन ।’

विभागहरु मध्ये पूर्व एमालेका तर्फबाट नेता माधवकुमार नेपाललाई विदेश विभाग, नेता झलनाथ खनाललाई नीति अध्ययन तथा प्रतिष्ठान र वामदेव गौतमलाई संगठन विभाग दिने निर्णय भएको समाचारहरु बाहिरिएका छन् ।

नेकपामा ३२ विभागमध्ये पूर्वएमालेको भागमा १८ विभाग परेको छ ।

हेर्नोस् भिडियो

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ६ : १८ बजे

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई