इरानले नियन्त्रणमा लिएको ट्यांकर रिहा गर्न बेलायतको आग्रह | Khabarhub Khabarhub

इरानले नियन्त्रणमा लिएको ट्यांकर रिहा गर्न बेलायतको आग्रह


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– स्ट्रेट अफ हर्मुजको जलक्षेत्रबाट इरानले नियन्त्रणमा लिएको तेल बोकेको बेलायती ध्वजावाहक ट्यांकर तत्काल रिहा गर्न बेलायतले इरानसमक्ष आह्वान गरेको छ ।

बेलायती विदेशमन्त्री जेरेमी हण्टले इरानी विदेशमन्त्री जवाद जरिफसँगको टेलिफोन कुराकानीका क्रममा ट्यांकर तत्काल रिहा गर्न आह्वान गरेका हुन् । उनले सो क्षेत्रमा जारी तानवलाई कम गरी शान्तिपूर्ण वातावरण बनाउन समेत इरानसमक्ष आह्वान गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, संयुक्त राष्ट्रसंघका लागि बेलायती नियोगले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजलाई मध्यपूर्वमा जारी तनावको निकास खोज्न आह्वान गरिएको छ ।

पत्रमा बेलायतले इरानको उक्त कार्य अन्तर्राष्ट्रिय कानून विपरीत रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ । इरानको इस्लामिक रिभल्यूशनरी गार्ड कर्पले अन्तर्राष्ट्रिय जलमार्गको नियम उल्लंघन गरेको भन्दै गत शुक्रबार स्टेना इम्पेरा जहाजलाई हर्मुजको स्ट्रेटबाट नियन्त्रणमा लिएको थियो ।

स्ट्रेट अफ हर्मुज भएर विश्वको झण्डै एक तिहाई इन्धन आदानप्रदान हुने गर्दछ । उक्त जहाजका १८ जना चालक भारतीय रहेकाले भारतले समेत जहाजमा कार्यरत भारतीयलाई मुक्त गर्न आग्रह गरेको छ ।

यसअघि सिरियातर्फ जान लागेको इरानी तेल ट्यांकर बेलायती सेनाको सहयोगमा जिब्राल्टरमा नियन्त्रण गरिएको थियो । इरानले पटक पटक अनुरोध गरेपनि उक्त जहाज बेलायतले इरानलाई फिर्ता गरेको छैन ।

बेलायतको उक्त कदमको विरोध गर्दै इरानी सरकार र सेनाले हर्मुजको जलक्षेत्रमा बेलायती जहाज आए नियन्त्रणमा लिइने धम्की दिइरहेको थियो ।

इरानले जहाजहरूलाई एकपछि अर्को गर्दै कब्जामा लिएपछि बेलायत, फ्रान्स, जर्मनीलगायतका मुलुकले पनि यस्तो कदम रोक्न इरानसमक्ष आह्वान गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ३५ बजे

लाइसेन्स छपाइको अनुमति प्रदेश सरकारलाई दिन माग (तस्बिरहरू)

काठमाडौं– प्रदेश सरकारलाई लाइसेन्स प्रिन्ट गर्न अनुमति दिन माग गर्दै

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न

कृषि भूमिकोसंरक्षण आवश्यक : कृषिमन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले खाद्य सुरक्षालाई

चितवनमा फूल आयात रोक्न माग

चितवन– जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले

फजुल खर्च रोक्दै दोलखाका सहकारी !

दोलखा– जिल्लाका सहकारी संस्थाहरू यतिबेला वार्षिक साधारणसभा कार्यक्रम सकाउन केन्द्रित