इरानले नियन्त्रणमा लिएको ट्यांकर रिहा गर्न बेलायतको आग्रह « Khabarhub

इरानले नियन्त्रणमा लिएको ट्यांकर रिहा गर्न बेलायतको आग्रह


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– स्ट्रेट अफ हर्मुजको जलक्षेत्रबाट इरानले नियन्त्रणमा लिएको तेल बोकेको बेलायती ध्वजावाहक ट्यांकर तत्काल रिहा गर्न बेलायतले इरानसमक्ष आह्वान गरेको छ ।

बेलायती विदेशमन्त्री जेरेमी हण्टले इरानी विदेशमन्त्री जवाद जरिफसँगको टेलिफोन कुराकानीका क्रममा ट्यांकर तत्काल रिहा गर्न आह्वान गरेका हुन् । उनले सो क्षेत्रमा जारी तानवलाई कम गरी शान्तिपूर्ण वातावरण बनाउन समेत इरानसमक्ष आह्वान गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, संयुक्त राष्ट्रसंघका लागि बेलायती नियोगले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजलाई मध्यपूर्वमा जारी तनावको निकास खोज्न आह्वान गरिएको छ ।

पत्रमा बेलायतले इरानको उक्त कार्य अन्तर्राष्ट्रिय कानून विपरीत रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ । इरानको इस्लामिक रिभल्यूशनरी गार्ड कर्पले अन्तर्राष्ट्रिय जलमार्गको नियम उल्लंघन गरेको भन्दै गत शुक्रबार स्टेना इम्पेरा जहाजलाई हर्मुजको स्ट्रेटबाट नियन्त्रणमा लिएको थियो ।

स्ट्रेट अफ हर्मुज भएर विश्वको झण्डै एक तिहाई इन्धन आदानप्रदान हुने गर्दछ । उक्त जहाजका १८ जना चालक भारतीय रहेकाले भारतले समेत जहाजमा कार्यरत भारतीयलाई मुक्त गर्न आग्रह गरेको छ ।

यसअघि सिरियातर्फ जान लागेको इरानी तेल ट्यांकर बेलायती सेनाको सहयोगमा जिब्राल्टरमा नियन्त्रण गरिएको थियो । इरानले पटक पटक अनुरोध गरेपनि उक्त जहाज बेलायतले इरानलाई फिर्ता गरेको छैन ।

बेलायतको उक्त कदमको विरोध गर्दै इरानी सरकार र सेनाले हर्मुजको जलक्षेत्रमा बेलायती जहाज आए नियन्त्रणमा लिइने धम्की दिइरहेको थियो ।

इरानले जहाजहरूलाई एकपछि अर्को गर्दै कब्जामा लिएपछि बेलायत, फ्रान्स, जर्मनीलगायतका मुलुकले पनि यस्तो कदम रोक्न इरानसमक्ष आह्वान गरेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ३५ बजे

शुक्रबार बल्खु र वंशीघाटमा ६८६ संरचना हटाइँदै

काठमाडौं– बागमती नदी र त्यसका सहायक नदी किनारमा रहेका अत्यन्त

आज ओपीडी सेवा बन्द नगर्न अस्पताललाई मन्त्रालयको निर्देशन 

काठमाडौं– लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सेवा

सुकुम्वासी बस्तीमा फेरि डोजर (तस्बिरहरू)

काठमाडौं– सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका टेकु, बंशीघाटस्थित बागमती करिडोरका सुकुम्वासी

चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण

काठमाडौं– आजबाट सुरु भएको दोस्रो ‘चितवन अटो शो २०२६’ मा

ठगीको अभियोगमा सात जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु