संसदीय टोलीद्वारा बाढी प्रभावित बस्तीको निरीक्षण | Khabarhub Khabarhub

संसदीय टोलीद्वारा बाढी प्रभावित बस्तीको निरीक्षण


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरुको संसदीय टोलीले बाढी प्रभावित सिरहाका विभिन्न स्थानको निरीक्षण गरेका छन् ।

प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू नेतृत्वको संसदीय टोलीले हालैको अविरल वर्षा र बाढीबाट प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, वडा नम्बर १२ सारस्वर, कल्याणपुर नगरपालिकाको इटारी प्रसाही, कर्जन्हा नगरपालिकाका बाढी प्रभावित बस्तीको निरीक्षण गरेका हुन् ।
सो क्रममा संसदीय टोलीका सदस्यहरुले बाढी पीडितहरुसँग अन्तरक्रियासमेत गरेका थिए । बाढी पीडितहरुले वर्षा र बाढीले वर्षेनी आफूहरु यस्तो समस्या भोग्दै आएको पीडा सुनाउँदै समस्या दिगो रुपमा समाधानको पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै सो टोलीले सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी लगायतसँग बाढीले पु¥याएको क्षति र उद्धार तथा राहत वितरणको अवस्था बारे जानकारी लिएको थियो ।

सो टोलीमा प्रतिनिधिसभा सदस्यहरु राजकिशोर यादव, डिला सङ्ग्रौला, यशोदा सुवेदी गुरुङ लगायतको सहभागिता थियो । टोलीले सिरहासहित सप्तरी, सुनसरी, मोरङ र उदयपुर गरी पाँच जिल्लाका बाढी प्रभावित स्थानको अनुगमन गर्नेछ ।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी राज्य व्यवस्था तथा सुशासन समितिमा प्रतिवेदन बुझाइने समितिका सदस्य तथा सांसद बडूले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : ०६ बजे

मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ रद्द

 काठमाडौं– आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा

भ्रष्टचार नियन्त्रणका लागि एमालेले गरेका निर्णय बाहिर ल्याउन सरकारलाई ओलीको चुनौति 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले

पूर्व पदाधिकारीको सुविधाबारे नियमित अनुगमन गर्दै अर्थमन्त्रालय

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले कानुनले नदिएको सुविधा जबर्जस्ती उपभोग गरेका

चीनमा सुरुङ भत्किँदा तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

एजेन्सी– चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ

विश्व पर्यटन दिवस : भक्तपुर दरबार क्षेत्रमा पर्यटकको स्वागत

भक्तपुर– विश्व पर्यटन दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आज भक्तपुर दरबार