राजस्व निकायको सर्भर ह्याक गरी बुल्गेरियाका अधिकांश नागरिकको विवरण सार्वजनिक गरेपछि... | Khabarhub Khabarhub

राजस्व निकायको सर्भर ह्याक गरी बुल्गेरियाका अधिकांश नागरिकको विवरण सार्वजनिक गरेपछि…


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोफिया– कोही व्यक्ति वा संस्थाको कम्प्युटर ह्याक भएका घटना नौलो लाग्न छाडिसकेका छन् ।

कुनै ठूला संस्था वा नाम चलेका व्यक्तिका कम्प्युटर ह्याक भएको समाचार बारम्बार आउने गरेका छन् । सोही कारण यस्ता ह्याकिङका घटना सामान्य लाग्छन् ।

तर, हालै एउटा अपत्यारिलो समाचार सार्वजनिक भएको छ । समाचार अनुसार हालै एउटा मुलुक पूरै ह्याकरको सिकार भएको हो । ह्याकरले मुलुकका अधिकांश नागरिकको विवरण ह्याक गरेर डाउनलोडेबल फाइल बनाएर इन्टरनेटमा शेयर गरेका छन् ।

घटना पूर्वी युरोपेली मुलुक बुल्गेरियाको हो, जहाँ ह्याकरले राष्ट्रिय कर तथा राजस्व निकायको कम्प्युटर सर्भर ह्याक गरी आधाभन्दा बढी परिवारको विवरण चोरी गरेका छन् । ती ह्याकरले मानिसहरुको व्यक्तिगत तथा आर्थिक विवरण चोरी मात्र गरेका छैनन्, डाउनलोडेबल फाइल बनाएर इन्टरनेटमा समेत राखिदिएका छन् ।

इन्टरनेट डार्क वेभ भनिने गोप्य क्षेत्रमा यस्ता दशौं लाख बुल्गेरियाली नागरिकको विवरण अपलोड गरिएको छ । यी डेटा १०.७ जीबी बराबरको रहेको बताइएको छ । ५७ फोल्डमा उपलब्ध यी डेटामा मानिस तथा व्यावसायिक संस्थानको आर्थिक विवरण, व्यक्तिगत विवरण तथा अन्य महत्वपूर्ण विवरणहरु राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ह्याकिङ भएलगत्तै बुल्गेरियाका अधिकारीले अनुसन्धान अघि बढाएका थिए । अनुसन्धानबाट विदेशी भूमिबाट ह्याकिङ भएको निष्कर्ष निकालिएपनि ह्याकिङ भएको केही समयलगत्तै एक वर्षे युवाले आफूले राजस्व निकायको कम्प्युटर सर्भर ह्याक गरेको दाबी गर्दै स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएका थिए । ती युवाले सरकारले आफ्नो साइबर सुरक्षालाई मजबुत बनाउनु भन्दा पनि विदेशीलाई ह्याकिङको आरोप लगाएर उम्कन खोजेको समेत जनाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : १३ बजे

जाँचबुझ आयोगविरुद्ध दायर रिटमा कारण देखाउ आदेश

काठमाडौं– सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह-संयोजकमा नेपाल चयन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी

झलनाथले भने- अब कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने

‘रमिताको पिरती’को सरप्राइज : गुपचुपमै सुटिङ सकेर एकैचोटी रिलज डेट घोषणा, शीर्ष नायिका आना

काठमाडौं – फिल्म ‘रमिताको पिरती’को टिमले सरप्राइज दिँदै फिल्मको प्रदर्शन

राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई

काठमाडौं- नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई