शालिकराम प्रकरण– रविकी पत्नी निकिताले पनि प्रहरीमा जाहेरी दिने « Khabarhub

शालिकराम प्रकरण– रविकी पत्नी निकिताले पनि प्रहरीमा जाहेरी दिने


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले प्रहरीमा जाहेरी दर्ता गर्ने भएकी छिन् ।

‘पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण किर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर काठमाण्डौमा जाहेरी दर्ता गर्न जादै छु’ निकिताले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोका बारेमा अनुसन्धान गर्न भन्दै निकिताका पति रविलाई प्रहरीले हिरासतमा राखेको छ गत विहीवार पक्राउ परेका उनलाई अदालतले पहिलो पटक थप अनुसन्धानका लागि भन्दै पाँच दिनको लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

अनुसन्धान र वयान नसकिएको भन्दै चितवा प्रहरीले हिजो (मंगलबार) रविसहितका तीन जनालाई पुन अदालतमा पेश गर्दै अनुसन्धानको लाथि थप सयम माग गरेको थियो ।

अदालतले प्रहरीलाई रवि लगायतका तीन जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

पुडासैनीले आत्महत्या गर्नु अघि रेकर्ड गरिएको भनिएको भिडियो तोडमोड गरिएको र सार्वजनिक गरिएको भन्दै रविका समर्थकले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १२ : २५ बजे

लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको