निरोगि खसीबोका मात्र ल्याउँ भन्दा व्यवसायीले दशैमा त देख्लास् भने– मन्त्री खनाल « Khabarhub

निरोगि खसीबोका मात्र ल्याउँ भन्दा व्यवसायीले दशैमा त देख्लास् भने– मन्त्री खनाल


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले कुनै पनि हालतमा स्वस्थ परीक्षण नगरी खसीबोका नेपाल ल्याउन नदिने बताएका छन् ।

बुधबार काठमाडौमा भएको सार्वजनिक निजी उत्पादक साझेदारी मोडेलमा बधशाला निर्माण सम्बन्धी कार्यक्रममा मन्त्री खनालले सांसार भरको रोग भित्र्याउने गरि नेपालमा स्वस्थ परीक्षण नगरी खसीबोका ल्याउन नदिने बताए । नेपाल विश्व स्वास्थ संगठनमा गएको राष्ट्र भएकोले खसीबोका आयातमा प्रतिबन्ध नलगाएको भन्दै मन्त्री खनालले स्वस्थ र निरोगी खसीबोका मात्र ल्याउन दिने बताए ।

निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यावसायिले घेराबन्दी गर्न खोजेको मन्त्री खनालको भनाइ थियो । ‘दशैमा त देख्लास भनेका छन्, मन्त्री खनालले भने ‘मैले केही फरक पर्दैन, केही कम खाइएला नभए कुखुरामा हामी आत्म निर्भर छौ त्यसैमा जोड गर्नु पर्ला भनेको छु ।’

हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भएकोले आफै उत्पादनमा जोड दिएर र स्वस्थकर खान सकिने उनको भनाइ थियो ।

कार्यक्रममा हेफर नेपालले बिराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा ५ वटा आधुनिक बधशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । त्यसका लागि भौतिक संरचना निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट ३२ करोड र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवशायीको तर्फबाट २२ करोड भन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको हेफर्ले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ३ : ५७ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले