सुरेश वाग्ले क्यान्सर अस्पताल निर्माणबारे अध्ययन गर्न ३ सदस्यीय समिति गठन « Khabarhub

सुरेश वाग्ले क्यान्सर अस्पताल निर्माणबारे अध्ययन गर्न ३ सदस्यीय समिति गठन


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको निर्माणमा भइरहेको ढिलाइबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिलाई ५ दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ । नेपाल सरकारर स्वास्थ्य मन्त्रालयको बहुबर्षीय परियोजना अन्र्तगत ३ बर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरि २०६८ मंसिर २८ गते सम्झौता भएको सुरेश वाग्ले स्मृति क्यान्सर केन्द्र भवन निर्माणका लागि २ पटक भेरिएशन आदेश र तेस्रो पटक म्याद थप भईसकेको छ ।

पटक पटक थप भएको समयमा पनि निर्माण कार्य सम्पन्न नभएपछि अहिले भेरिएसन स्वीकृति र म्याद थपको प्रक्रिया नै अगाडि बढाईएको छैन ।

यसैबीच, बुधबार बसेको समिति बैठकमा सांसदहरुले उक्त अस्पतालको निर्माण प्रक्रिया रद्द गरि नयाँ प्रक्रिया शुरु गर्नुपर्ने धारणा राखेका छन् । पटक पटक म्याद थप गरेर पनि त्रिवि शिक्षण अस्पतालको परिसरमा रहेको अस्पतालको भवन निर्माण कार्य सम्पन्न हुन नसकेपछि सांसदहरुले नयाँ प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिएका हुन् ।

समितिको सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले निर्माण प्रक्रियामा सम्बन्धीत निकाय जिम्मेवार बन्न नसकेको र राज्यकोषको ढुकुटी सकाउने काम मात्रै भएको भन्दै सम्पूर्ण प्रक्रिया खारेज गर्न सुझाएका हुन् ।

समिति सदस्य जीवनराम श्रेष्ठले भवन निर्माण समयमा नसक्दा ठेकेदारको दोष देखिएपनि पटक पटक समय थप गर्ने, बजेट निकासा गर्ने सबै सम्बन्धीत निकायले जिम्मेवारी लिनुपर्ने बताए । उनले कुनै पनि निकायले निर्माण सम्पन्न हुन नसकेको सम्बन्धमा जिम्मेवारी लिन अग्रसर नभएकाले भवन बनाउने प्रक्रिया नै क्यान्सर भईसकेको टिप्पणी गरे ।

उनले भने “भवन बनाउने प्रक्रिया नै क्यान्सर भईसकेको छ । आफैमा क्यान्सर भईसकेको छ । त्यसैले यो सामान्य उपचारबाट, यहाँबाट निर्देशन दिएको भरमा यो काम हुन्छ भन्ने मलाई पटक्कै लागेको छैन । मिडियालाई खुराकी दिने हो भने ठिकै हो । होइन समाधान खोज्या हो भने पहिलो यो कुन खालको क्यान्सर , कुन चरणको क्यान्सर भन्ने पत्ता लगाउनुपर्‍यो । ”

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका समिति सदस्य गगन थापा र खगराज अधिकारीले अस्पताल निर्माण प्रक्रिया नै खारेज गर्नुपर्ने धारणा राखे । अस्पताल सञ्चालनका लागि बजेट, जनशक्ति तथा आवश्यक उपकरणको व्यवस्था गर्न नसक्ने हो भने भवन निर्माण भएपनि कान्ति अस्पतालको आईसियू सेवा बन्द भएजस्तै अवस्था उत्पन्न हुने भन्दै उनले सम्बन्धीत निकायलाई कारवाही गर्न निर्देशन दिनुपर्ने धारणा राखे ।

समिति सदस्य थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला सुरेश वाग्ले स्मृति केन्द्र भवन निर्माणका लागि तेस्रो पटक म्याद थपको अनुमति दिईएको थियो । २०७० मा अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला सम्झौता अनुसार भवन निर्माण अन्तिम चरणमा पुग्नुपर्ने थियो । २०७१ मंसिर २७ गने निर्माण सम्पन्न गर्ने गरि २०६८ साल मंसिर २८ गते निर्माण सम्बन्धी सम्झौता भएको थियो ।

समिति सदस्यहरु उमेश श्रेष्ठ र उमाकान्त चौधरीले पनि समयमा काम नसक्ने ठेकेदारलाई कारवाही गरेर मात्रै समस्या समाधान नहुने भएकाले राज्यपक्षलाई जिम्मेवारी बनाउने ढंगले आवश्यक निर्देशन दिनुपर्ने धारणा राखे ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले म्याद थप, बजेट निकासा र भेरियसन लगायतमा कर्मचारीको संलग्नता भएको प्रमाणित भए आफू पदीय जिम्मेवारी लिने बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ४ : २७ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका