म्यान्मारमा हिंसा चर्कियो, १९ मारिए २ हजार विस्थापित « Khabarhub

म्यान्मारमा हिंसा चर्कियो, १९ मारिए २ हजार विस्थापित


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यङ्गून– उत्तरी म्यान्मारमा अल्पसङ्ख्यक जातीका लडाकु तथा सरकारी सुरक्षा फौजबीच चर्केको द्वन्द्वका कारण १९ जना मारिएका छन् ।

गत साताबाट उत्तरी म्यान्मारको शान राज्यमा उत्तरी गठबन्धन नामक जातीय लडाकु समूह तथा सुरक्षाकर्मीबीच हिंसा शुरु भएको हो ।
हिंसाका कारण शान राज्यको लाशियो शहर आसपास दुई हजारभन्दा धेरै मानिसहरु विस्थापित भएका छन् ।

विस्थापितहरु बौद्ध गुम्बा, अस्थायी शिविरलगायतमा लुकेर बसिरहेको जनाइएको छ । विस्थापितहरुलाई सरकारी अधिकारीले सहायता उपलब्ध गराइरहेका छन् ।

गत साता विद्रोहीले शान राज्यको सैनिक अखडामा आक्रमण गरी एक दर्जभबढी सुरक्षाकर्मीको ज्यान लिएपछि हिंसा शुरु भएको थियो ।

म्यान्मारका विभिन्न राज्यहरुमा जातीय लडाकुहरुले आत्मनिर्णयको माग राख्दै लामो समयदेखि सरकारविरुद्ध युद्ध लड्दै आएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : ३६ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता