प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकिताको प्रश्न– शालिकरामकी श्रीमतीको लिने मेरो नलिने ? « Khabarhub

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकिताको प्रश्न– शालिकरामकी श्रीमतीको लिने मेरो नलिने ?


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिउँसो करिब साढे १२ बजे चलचित्र विकास वोर्डकी पूर्व अध्यक्ष एवं पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेल सरकारी विद्युतिय प्रमाण किर्ते गरेको कसुरमा उजुरी दर्ता गर्न महानगरिय प्रहरी परिसर टेकु पुगेकी थिइन् ।

वकिलसहित प्रहरी परिसर टेकु पुगेकी निकिताको उजुरी भने प्रहरीले दर्ता गर्न मानेन । निकिताको उजुरी माथि प्रारम्भि छलफल गर्दै प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेपछि निकिता पुन जिल्ला सरकारी वकिलको कार्यालय पुगेकी थिइन् ।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन २०७४ को दफा ५ को उपदफा १ मा प्रहरीले उजुरी दर्ता गर्न इन्कार गरेमा उजुरी दिने व्यक्तिले सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालय वा माथिल्लो तहको प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न पाउने व्यवस्था गरेको छ ।

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि निकिताले यसो भनिन्

प्रहरीले उजुरी लिन नमानेपछि रवि पत्नी निकिताले दुःख व्यक्त गरिन् ।

‘शालिग्रामकी पत्नीको उजुरी लिने प्रहरीले मेरो लिएन’ निकिताले सञ्चारकर्मीसँग भनिन्,‘अब हामी अन्य विकल्प खोज्छौं ।’

यसकारण भएन दर्ता

निकिताका वकिलले उजुरी दर्ताका लागि वैकल्पिक उपचारको खोजी गर्ने बताए । प्रहरीले किन उजुरी दर्ता गर्न मानेन भन्ने सञ्चारकर्मीको प्रश्नमा वकिलले भने,‘प्रहरीले क्षेत्राधिकार पुगेन भनेर उजुरी दर्ता गर्न अस्विकार गरिएको छ ।’

‘चितवन प्रहरीले अनुसन्धान गरिरहेको विषयमा हामीले यहाँ काठमाडौंमा उजुरी दर्ता गर्न मिल्दैन’ प्रहरीको भनाइ उदृत गर्दै निकिताका वकिलले भने ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ०३ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी