पललाई धोका दिएको भन्दै युवतीले पठाइन् आँचललाई अश्लील म्यासेज, त्यसपछि... | Khabarhub Khabarhub

पललाई धोका दिएको भन्दै युवतीले पठाइन् आँचललाई अश्लील म्यासेज, त्यसपछि…


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्मको अभिनयका कारणभन्दा पनि नायिका आँचल शर्माको व्यक्तिगत जीवनका कारण चर्चा भइरहन्छ । पछिल्लो समय भने आँचल प्रेम जीवनका कारण चर्चामा छिन् । प्रेममा भए या नभए पनि आँचल शर्मा पेशाले डाक्टर रहेका उदिप श्रेष्ठसँग नजिक छिन् ।

इन्स्टाग्राममा पोस्ट हेर्ने हो भने यी दुईले एकअर्कालाई समय दिएको स्पष्ट हुन्छ ।

केही दिनसम्म के हल्ला थियो भने आँचल र पल शाह प्रेममा थिए । तर यी दुई प्रेममा रहेको भन्ने विभिन्न गसिप बाहिर आए पनि यी दुईले आफू प्रेममा भएको स्वीकार गरेका थिएनन् । तर आँचल पीडामा हुँदा पलको मन दुख्ने गरेको कतिपय स्टाटसबाट थाहा हुन्थ्यो ।

केही समयअघि भने आँचल र पलको ब्रेकअप भएको गसिप चल्न थालेको थियो । यद्यपि यो विषयमा पल भने मौन छन् ।

यता पलका फ्यानले आँचललाई म्यासेज गरेर पललाई धोका दिएको भन्दै गाली गर्न थालेका छन् । आँचलले एक युवतीले गाली गरेर पठाएको म्यासेजलाई इन्स्टाग्राममा शेयर गर्दै ती युवतीलाई ‘इ ग्रेड’ की युवती भनेकी छिन् ।

उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘पछिल्लो केही दिनदेखि मैले यस्ता म्यासेजहरु पाइरहेकी छु, हामी (पल र आँचलले) कहिल्यै पनि हामी सबन्धमा छौँ भनेनौँ ।’

उनले आफू पल शाहसँग पहिले पनि प्रेममा नभएको बताएकी छिन् । उनले फ्यानले आफै आफूहरु प्रेममा परेको अड्कल काटेको र अहिले ब्रेकअप भएको भन्न थालेको बताएकी छिन् ।

‘तपाईंहरुले आफै मेरो बारेमा यस्तो भनिरहनुभएको छ, अड्कल काटिरहनुभएको छ,’ उनले लेखेकी छिन् ।

अमेरिकामा बसेकी युवतीले अश्लील म्यासेज गरेको स्किृनशट राख्दै उनले अरुलाई पनि यस्तो म्यासेज नगर्न आग्रह गरेकी छिन् ।

यता मिडियामा भने आँचलले उदिपलाई साथीका रुपमा हेरेको बताउँदै आएकी छिन् । उदिपले पनि आँचलप्रति खुबै माया दर्शाएका हुन्छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ११ बजे

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि