हङकङस्थित बेलायती वाणिज्य दूतावासका एक कर्मचारी चीनद्वारा पक्राउ | Khabarhub Khabarhub

हङकङस्थित बेलायती वाणिज्य दूतावासका एक कर्मचारी चीनद्वारा पक्राउ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङमा प्रजातन्त्रवादी प्रदर्शन चर्किरहेका बेला चीनले हङकङस्थित बेलायती वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पक्राउ गरेको छ ।

चीनको विदेशमन्त्रालयले हङकङस्थित बेलायती दूतावासमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको पुष्टि गरेको हो । हङकङका नागरिक ती कर्मचारी गत अगष्ट ८ यता हराइरहेका थिए । व्यापारिक भेटघाटका लागि हङकङको सीमामा रहेको चिनियाँ शहर सेन्जेन गएका कर्मचारी सिमोन चेङलाई हङकङ फर्किने बेला पक्राउ गरिएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

उनी तीब्र गतिको रेल चढेर हङकङ फर्केको र सीमानजिक उनले आफ्नी प्रेमिकालाई सन्देश पठाएयता उनी सम्पर्क बाहिर थिए ।
उनले सार्वजनिक सुरक्षामा चुनौति थपेका कारण उनलाई १५ दिने प्रशासनिक नियन्त्रणमा राखिएको चिनियाँ विदेशमन्त्रालयको भनाइ छ । उनी हङकङका नागरिक भएका कारण उनको पक्राउ चीनको आन्तरिक मामिला रहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय हङकङमा प्रदर्शन चर्किरहेका चीनले बेलायती दूतावासका कर्मचारी पक्राउ गरेको हो । चीनले हङकङमा जारी प्रदर्शनलाई उक्साउन बेलायतसहितका पश्चिमा मुलुकको हात रहेको आरोप लगाउँदै आएको छ । योसँगै चीन र बेलायतबीचको सम्बन्ध बिग्रिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ८ : २६ बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको