गण्डकी प्रदेशसभामा सांसदका प्रश्नमा मन्त्रीले दिए जवाफ | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभामा सांसदका प्रश्नमा मन्त्रीले दिए जवाफ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशसभाको बैठकमा शून्य तथा विशेष समयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका छन् ।

आन्तिरक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशसभा सदस्यले बैठकमा राखेका जिज्ञासाको सरकारकोतर्फबाट जवाफ दिएका हुन् ।

आन्तिरक मामिला मन्त्री चुमानले गत साउन २० गते राति बाग्लुङको तमानखोला गाउँपालिकामा गएको पहिरामा परेर निधन भएका तीन जनाको परिवारलाई जिल्ला प्रशासनबाट रु तीन लाख ५० हजार तथा घाइते तीन जनालाई जनही रु २५ हजारका दरले राहत प्रदान गरिएको जानकारी दिए ।

त्यसैगरी लमजुङको दोर्दी खोलामा आएको बाढीबाट मृत्यु भएका तथा बेपत्ताका परिवारलाई सरकारले रु ५० हजारका दरले राहत प्रदान गरेको उनले प्रदेशसभालाई जानकारी गराए ।

भौतिक पूर्वाधार विकासमन्त्री बस्नेतले वर्षायाममा बाढीपहिराले प्रदेशका विभिन्न जिल्लाका सडकमा क्षति पु¥याएको र सरकारले तत्कालै सडक मर्मत गरी यातायात सञ्चालन गरेको बताए ।

सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारका बीचमा विकास निर्माणका योजनामा समन्वय र सहकार्य भइरहेको बताउँदै उनले आगामी दिनमा पनि समन्वयका साथ अघि बढ्ने स्पष्ट पारे ।

पर्यटनमन्त्री लम्सालले आन्तिरक भ्रमण वर्षको तयारीलाई तीव्रता प्रदान गर्न प्रदेशका ११ वटै जिल्ला तथा ८५ स्थानीय तहमा पनि भ्रमण वर्ष मूल आयोजक समिति गठन गरी प्रचारप्रसारमा जोड दिइने बताए ।

आगामी असोजदेखि पुस महीनासम्ममा १५ लाख आन्तरिक पर्यटक ल्याउने सरकारको योजना रहेको बताउँदै उहाँले प्रदेशका दुई हजार २०० निजामती कर्मचारीलाई रु २५ हजार भ्रमण खर्च दिएर एक हप्ताका लागि होमस्टेमा पठाइने जानकारी दिए ।

शून्य तथा विशेष समयमा प्रदेशसभा सदस्य मीना गुरुङ, कृष्ण थापा, विन्दुकुमार थापा, हरिशरण आचार्य, प्रभा कोइराला, विष्णुप्रसाद लामिछाने र मेखलाल श्रेष्ठले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले ‘पारिश्रमिक र सुविधासम्बन्धी केही प्रदेश कानूनलाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदनसहितको विधेयकसभासमक्ष प्रस्तुत गरेका थिए ।

सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक प्रमाणीकरण भएको व्यहोराको पत्र सभामा वाचन गरेका थिए । प्रदेशसभाको अर्को बैठक भदौ ५ गते दिनको १ बजे बस्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ८ : ४९ बजे

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा

प्रयोगशालासहितको कृषि केन्द्र सञ्चालन

भोजपुर– कृषि र पशुपालनमा किसानलाई सघाउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा कृषि