वडाध्यक्षलाई नै झुक्याएर नागरिकता लिने दुई पक्राउ « Khabarhub

वडाध्यक्षलाई नै झुक्याएर नागरिकता लिने दुई पक्राउ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० ओप्राङका बुद्धिबहादुर प्रजा र अर्का एक जनालाई झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो सहोदर भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेमबहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङले उनीहरुलाई पक्राउ गरेको हो ।

नागरिकता बनाउनका लागि अनिवार्यरुपमा वडा कार्यालयबाट त्यही वडावासी भएको सिफारिश लिनुपर्ने हुन्छ । आफू नभएका बेलामा कर्मचारीले सिफारिश बनाइदिएको र सही गर्ने बेलामा शङ्का लागेर सोध्दा स्थानीयलेसमेत बुद्धिबहादुरको भाइ हो भन्ने बताइदिएपछि आफूले नागरिकताको सिफारिश दिएको बेनिघाट रोराङ– १० का वडाध्यक्ष अम्बरबहादुर गुरुङले बताए ।

बुद्धि बहादुरसँगै पक्राउ परेका अर्का व्यक्तिको वास्तविक ठेगाना खुल्न सकेको छैन । धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवारले भने, “प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक भन्ने कुरा आएको छ, पक्राउ परेका व्यक्तिको वास्तविक ठेगाना खुलेको छैन, हामी अनुसन्धानमै छौँ ।” पक्राउ परेकाबाट नागरिकता र कागजात कीर्तेसम्बन्धी मुद्दामा अनुसन्धान शुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याइने उनले जानकारी दिए ।

अनुसन्धान सकिएपछि बेनिघाट रोराङ– १० का प्रेमबहादुर चेपाङको नाममा जारी भएको नागरिकता खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए । झुक्याएर नागरिकता लिनेलाई पनि कानूनअनुसार कारवाही गरिने उनले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : ३० बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका