अमेरिकाले ताइवानलाई अत्याधुनिक लडाकु विमान बेच्ने, चीनद्वारा कडा आपत्ति « Khabarhub

अमेरिकाले ताइवानलाई अत्याधुनिक लडाकु विमान बेच्ने, चीनद्वारा कडा आपत्ति


४ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वशिंटन डीसी– अमेरिकाले ताइवानलाई ६६ वटा अत्याधुनिक एफ–१६ लडाकु विमान बिक्रीका लागि बाटो खुला गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसका लागि औपचारिक स्वीकृत प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको विदेश मन्त्रालयले ८ अर्ब अमेरिकी डलरमा ६६ वटा एफ–१६ लडाकू विमान ताइवानलाई बेचिने जनाएको छ ।

चीनसँग व्यापार युद्ध, हङकङलगायतका विषयमा विवाद चलिरहेका बेला अमेरिकाले ताइवानलाई अत्याधुनिक लडाकु विमान बिक्री गर्ने भएको हो । अमेरिकाको यो कदमपछि दुई मुलुकबीच तनाव चर्किनसक्ने आशंका गरिएको छ ।

यता चीनले भने अमेरिकी कदमको चर्को आलोचना गरेको छ । अमेरिकी कदमले त्यस क्षेत्रको शान्ति तथा स्थायीत्वलाई असर पार्ने चीनको चेतावनी छ ।

चीनले ताइवानलाई आफ्नै भूभागको रुपमा हेर्ने गरेको छ । ताइवानलाई मूख्यभूमिमा गाभ्नका लागि चीनले सैनिक विकल्प पनि खुला रहेको बताउने गरेको छ ।

प्रकाशित मिति : ४ भदौ २०७६, बुधबार  ९ : ३८ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको