हिरासतबाटै रवि लामिछानेले भने-प्रहरीसँग नै असुरक्षित महसुश गरेको छु « Khabarhub

हिरासतबाटै रवि लामिछानेले भने-प्रहरीसँग नै असुरक्षित महसुश गरेको छु


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन-शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफुहरुलाई प्रहरीले फसाउने गरी सुनियोजित र नियतपूर्ण रहेको दाबी गर्दै असुरक्षित महशुस गरेको बताएका छन् ।

हिरासतमा रहेका लामिछानेले आज पत्नी निकिता पौडेलको फेसबुक अकाएन्टमार्फत स्टाटस् लेख्दै प्रहरीमाथि सो आरोप लगाएका हुन् ।

लामिछानेले हिरातसतभित्रबाटै प्रहरीलाई पुडासैनी प्रकरणसँग जोडेर प्रश्न समेत गरेका छन् । आजै पत्नी निकिता किटानी जाहेरी दर्ता गर्न जाँदा प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

यस्तो छ लामिछानेले लेखेको स्टाटस् :

‘शालिक राम पुडासैनीको घटनाको बिषयमा मैले प्रहरीलाई अनुसन्धानमा सघाउ पुर्याउछु भनेको थिए र पाँचौ दिन सम्म हिरासतमा रहदा मैले मेरा तर्फबाट पूर्ण रुपमा प्रहरीलाई सहयोग गरे पनि ।

म, र मेरा सहकर्मी युवराज कडेल र यो घटनामा नाम जोडिएकी अस्मिता कार्की रुकुको बयान लिए पश्चात यो घटनामा हाम्रो कहि कतै संग्लनता नदेखिएको पोईन्ट वाईज स्पष्ट भईरहेको बेला फेरी पाँच दिनको म्याद थप्दै प्रहरीले चलाएको कदम हामीलाई फसाउँने गरी सुनियोजित र नियतपूर्ण रहेको स्पष्ट पार्न चाहन्छु ।

पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको थिए तर आजबाट भने म प्रहरीसँगै नै असुरक्षित भएको महसुश गरेको छु ।

बयानका लागि मेरा भनाई समावेश गरिरहदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ?

तसर्थ अन्य तर्फको अनुसन्धान अगाडी बढाउँनु पर्नेमा अनुसन्धानका लागि भन्दै प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु । प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।

यो घटनालाई लिएर प्रहरीले मलाई ५ बर्षनै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनु भएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको ५ मिनेटभित्रै यो घटनामा मेरो कहि कतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु । ” रवि लामिछाने

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ११ : १० बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन