नयाँ इन्जिनसहित नयाँ लुक्समा यामाहाको एमटी-१५ (विशेषता सहित) « Khabarhub

नयाँ इन्जिनसहित नयाँ लुक्समा यामाहाको एमटी-१५ (विशेषता सहित)


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

यामाहा मोटर्सले नयाँ इन्जिनसहित नयाँ लुक्समा एमाहाको एमटी–१५ मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको छ ।

बीएस ६ इन्जिनमा आइएस फ्ल्युओ भर्मिलियन कलर अप्सनमा उपलब्ध हुने यो मोटरसाइकलमा नयाँ रेड अलोय ह्वील लगाइएको छ । यसको रियर साइडमा रेडियल टायर लगाइएको कम्पनीले जनाएको छ ।

मोटरसाइकलमा उपलब्ध बीएस ६, १५५.१ सीसी एचओएचसी लिक्वीड कुल्ड फोर भल्भ इन्जिनले १०००० हजार आरपीएममा १९.०५ बीएच पावरका साथै ८५०० सय आरपिएममा १४.७ एनएम टर्क उत्पादन गर्छ ।

यसको इन्जिनमा ६ स्पीड गियरबक्सको साथै स्टान्डर्ड स्लिपर क्लच लगाइएको छ । यसको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम, १०७० एमएम उचाई रिहेको छ भने १३३५ एमएमको ह्वीलवेश लगाइएको छ ।

एमटी १५ मा अगाडि टेलिस्कोपिक फर्क लगाइएको छ भने, यामाहा आर १५ भी ३.० मा उपलब्ध आलोय ह्वीलका साथै एमआरएफ ट्युबलेस टायर दिइएको छ ।

मोटरसाइकलमा बक्स टाइप स्विंगआर्मले एल्युनियम युनिट, डेल्टाबक्स फ्रेम, परिमार्जित न्यू बग आई एलइडी हेडल्याम्प, मस्कुलर फ्युल ट्यांक, लोअर टेल सेक्सन, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।

नेपाली बजारमा बिक्री वितरण हुँदै आएको यो मोटरसाइकलको रेगुलर मोडलको मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ रहेको छ । नयाँ इन्जिन युक्त मोटरसाइकलको मूल्य रेगुलर मोडलभन्दा केही महंगो हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ५ : २३ बजे

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह

भुजेल संस्कृति संरक्षण गरिँदै

दमौली– भुजेल समुदायको मौलिक सांस्कृतिक सम्पदा मानिने चुड्का नाच पछिल्ला

दोवा-सोवाङ-चिमखोला पदमार्ग पहिचान

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका-१ दोवाबाट सोवाङधुरी हुँदै रघुगङ्गा गाउँपालिका-७ चिमखोला