निजगढ विमानस्थल प्रकरण : रुख काट्ने काम शुरु नगर्न सर्वोच्चको आदेश « Khabarhub

निजगढ विमानस्थल प्रकरण : रुख काट्ने काम शुरु नगर्न सर्वोच्चको आदेश


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले निजगढ विमानस्थलका लागि तत्काल रुख काट्ने काम शुरु नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलाशले आइतबार विमानस्थल निर्माणअन्तर्गत तत्काल रुख कटानको कार्य अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीसहित ९ जनाले मंसिर १७ गते दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले रुख कटान गर्ने कार्य अगाडि नबढाउन भनेको हो ।

साथै, सर्वोच्चले विमानस्थलको निर्माणका क्रममा हुने रुख कटानीको विषयमा विपक्षी नेपाल सरकारबाट जवाफ समेत माग गरेको हो ।

विमानस्थल निर्माणको क्रममा ठूलो संख्या रुख कटान गरी वन विनाश गर्न लागिएको भन्दै ९ जनाले मंसिर १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि पूर्वप्रशास द्वारिकानाथ ढुंगेलसहितले विमानस्थलको निर्माण कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

तर, आइतबार प्रधानन्यायाधीश राणा नेतृत्वको संयुक्त इजलाशले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिइरहनुपर्ने नदेखिएको भनेको छ ।

अब ‘विपक्षी’ नेपाल सरकारले जवाफ पठाएपछि मात्रै निजगढ विमानस्थल प्रकरणको मुद्दा पेशीमा चढ्ने संभावना छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ५ : ०२ बजे

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज