निजगढ विमानस्थल प्रकरण : रुख काट्ने काम शुरु नगर्न सर्वोच्चको आदेश « Khabarhub

निजगढ विमानस्थल प्रकरण : रुख काट्ने काम शुरु नगर्न सर्वोच्चको आदेश


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले निजगढ विमानस्थलका लागि तत्काल रुख काट्ने काम शुरु नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलाशले आइतबार विमानस्थल निर्माणअन्तर्गत तत्काल रुख कटानको कार्य अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको हो ।

वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीसहित ९ जनाले मंसिर १७ गते दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले रुख कटान गर्ने कार्य अगाडि नबढाउन भनेको हो ।

साथै, सर्वोच्चले विमानस्थलको निर्माणका क्रममा हुने रुख कटानीको विषयमा विपक्षी नेपाल सरकारबाट जवाफ समेत माग गरेको हो ।

विमानस्थल निर्माणको क्रममा ठूलो संख्या रुख कटान गरी वन विनाश गर्न लागिएको भन्दै ९ जनाले मंसिर १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

यसअघि पूर्वप्रशास द्वारिकानाथ ढुंगेलसहितले विमानस्थलको निर्माण कार्य रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

तर, आइतबार प्रधानन्यायाधीश राणा नेतृत्वको संयुक्त इजलाशले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिइरहनुपर्ने नदेखिएको भनेको छ ।

अब ‘विपक्षी’ नेपाल सरकारले जवाफ पठाएपछि मात्रै निजगढ विमानस्थल प्रकरणको मुद्दा पेशीमा चढ्ने संभावना छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ५ : ०२ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि