भारतीय नम्बरका गाडीलाई काँकडभिट्टामा पार्किङ निषेध | Khabarhub Khabarhub

भारतीय नम्बरका गाडीलाई काँकडभिट्टामा पार्किङ निषेध


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्वी नाका काँकडभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ ।

अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताए ।

मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र राजश्व गस्ती टोलीको संयुक्त पहलमा आज मात्र पार्किङ गरेर राखिएका ५० गाडीलाई हटाइएको छ । भन्सारको चेक प्वाइन्ट अगाडि नै भारतीय गाडी पार्किङ हुँदै आएका थिए । यसअघि सुविधा तिरेर बस्दै आएका भारतीय नम्बर प्लेटका गाडीले यात्रु झार्ने बित्तिकै नाकाबाटै फर्किनुपर्ने र अटेर गरेमा कारवाही गरिने उनको भनाइ छ ।

पर्यटन वर्ष नजिकिरहेको अवस्थामा नाकामा सवारी साधानको पार्किङलाई व्यवस्थित गर्न र अनाधिकृत रुपमा नेपाल भित्रिने भारतीय गाडीलाई रोक्न उक्त अभियानको शुरुवात गरिको मेची भन्सार कार्यालयका प्रमुख धुव्र विश्वकर्माले बताए ।

उनका अनुसार ती सवारी साधानले भन्सारमा राजश्व तिरेर वा सुविधा लिएर दिनभर नेपाली भूभागतिर घुमे पनि साँझ भारत नै फर्कनुपर्नेछ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ८ : ०९ बजे

पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक

युक्रेन वार्ताअघि बेलायत र अमेरिकी उच्च अधिकारीको छलफल

काठमाडौं – रुस र अमेरिकाको वार्ता हुनुअघि नै युक्रेन वार्ताको

रसुवा बाढी : ९८ करोड ५९ लाख बीमा दावी

काठमाडौं – गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा

छ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ

कास्की– पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित

कोशी र गण्डकीका केही स्थानमा भारी वर्षा !

काठमाडौं–  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको