अर्थशास्त्री दाहालको निधनप्रति आईएसएसआरद्वारा दु:ख व्यक्त « Khabarhub

अर्थशास्त्री दाहालको निधनप्रति आईएसएसआरद्वारा दु:ख व्यक्त


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थशास्त्री समेत रहेका प्राध्यापक डाक्टर मदन दाहालको निधनले अपूरणीय क्षति भएको इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले जनाएको छ ।

आईएसएसआरका संस्थापक निर्देशक समेत रहेका दाहालको निधनमा दुःख व्यक्त गर्दै आईएसएसआरले शुक्रबार श्रद्धाञ्जली सभा गरेको छ ।

श्रद्धाञ्जली सभामा उपस्थित आईएसएसआरका पदाधिकारी, बोर्ड सदस्य तथा सहभागीहरुले स्व. दाहालको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना प्रकट गरे ।

आईएसएसआरका अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकुरेलले दाहालको निधनमा गहिरो दुःख व्यक्त गर्दै आईएसएसआरलाई दाहालको अभाव सधैँ खड्किरहने बताए ।  उनले अर्थशास्त्र क्षेत्रमा स्व. दाहालको योगदानको स्मरण गरे ।

श्रद्धाञ्जली सभामा आईएसएसआरका कार्यवहाक अध्यक्ष गोविन्द नेपालले एक मूर्धन्य अर्थशास्त्री गुमाउनुको पीडा पोख्दै उनले आईएसएसआरका दौतरी र मित्रको स्मरण गरे ।

त्यसैगरी आईएसएसआरका एक्जुकेटिभ डाइरेक्टर नरेश श्रेष्ठले अति नै मिलनसार व्यक्ति गुमाउनुपर्दाको पीडा पोखे । उनको आत्माको चीर शान्तिको कामना गर्दै स्व. दाहालले नेपाली अर्थतन्त्र क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरण गरे ।

त्यस्तै, आईएसएसआरका अर्का एक्जुकेटिभ डाइरेक्टर रवीन्द्र पाण्डेले दाहालको निधनप्रति गहिरो व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गरे ।

वि.सं. २००४ सालमा जन्मिएका दाहालको ७२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । पेटको रोगबाट ग्रसित अर्थशास्त्री दाहालको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज  (केएमसीमा) निधन भएको हो ।

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक दाहालले देशको आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण कदम चालेका थिए । स्वर्गीय दाहालसँग सार्वजनिक वित्त तथा करका विषय धेरै जानकारी थियो । उनीसँग नेपाल सरकार अर्थमन्त्रालयले पनि आर्थिक विकासका विषयमा नियमित सल्लाह लिने गरेको थियो ।

स्वर्गीय दाहालले एसियाली विकास बैंकका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा पनि काम गरेका थिए । मेघा बैंकका पहिलो सञ्चालक समिति अध्यक्ष समेत रहेका थिए ।

दाहाल नेपाल आर्थिक संघका पूर्वअध्यक्ष पनि थिए । विभिन्न आर्थिक क्षेत्रमा काम गर्ने संस्थाको नेतृत्व गरेका दाहालले देशको आर्थिक विकासका लागि विभिन्न योजना पनि अघि सारेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ५ : १० बजे

एमालेको कार्यक्रम रोक्न घाइते जेन-जी माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका घाइतेहरूले

कुलमानद्वारा सिरहा-धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत निरीक्षण

सिरहा– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’

चितवन– भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान

जलवायु परिवर्तनबारे कोप–३० को बैठकस्थलमा आगलागी

काठमाडौं ब्राजिलको बेलेममा संयुक्त राष्ट्रसङ्घको जलवायु सम्मेलन कोप–३० चलिरहेका बेला

टेकुदोभानका सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्धन सहकार्यबारे छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले थापाथली