अर्थशास्त्री दाहालको निधनप्रति आईएसएसआरद्वारा दु:ख व्यक्त « Khabarhub

अर्थशास्त्री दाहालको निधनप्रति आईएसएसआरद्वारा दु:ख व्यक्त


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थशास्त्री समेत रहेका प्राध्यापक डाक्टर मदन दाहालको निधनले अपूरणीय क्षति भएको इन्टिच्युट फर इस्टाटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)ले जनाएको छ ।

आईएसएसआरका संस्थापक निर्देशक समेत रहेका दाहालको निधनमा दुःख व्यक्त गर्दै आईएसएसआरले शुक्रबार श्रद्धाञ्जली सभा गरेको छ ।

श्रद्धाञ्जली सभामा उपस्थित आईएसएसआरका पदाधिकारी, बोर्ड सदस्य तथा सहभागीहरुले स्व. दाहालको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना प्रकट गरे ।

आईएसएसआरका अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकुरेलले दाहालको निधनमा गहिरो दुःख व्यक्त गर्दै आईएसएसआरलाई दाहालको अभाव सधैँ खड्किरहने बताए ।  उनले अर्थशास्त्र क्षेत्रमा स्व. दाहालको योगदानको स्मरण गरे ।

श्रद्धाञ्जली सभामा आईएसएसआरका कार्यवहाक अध्यक्ष गोविन्द नेपालले एक मूर्धन्य अर्थशास्त्री गुमाउनुको पीडा पोख्दै उनले आईएसएसआरका दौतरी र मित्रको स्मरण गरे ।

त्यसैगरी आईएसएसआरका एक्जुकेटिभ डाइरेक्टर नरेश श्रेष्ठले अति नै मिलनसार व्यक्ति गुमाउनुपर्दाको पीडा पोखे । उनको आत्माको चीर शान्तिको कामना गर्दै स्व. दाहालले नेपाली अर्थतन्त्र क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरण गरे ।

त्यस्तै, आईएसएसआरका अर्का एक्जुकेटिभ डाइरेक्टर रवीन्द्र पाण्डेले दाहालको निधनप्रति गहिरो व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गरे ।

वि.सं. २००४ सालमा जन्मिएका दाहालको ७२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । पेटको रोगबाट ग्रसित अर्थशास्त्री दाहालको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज  (केएमसीमा) निधन भएको हो ।

त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक दाहालले देशको आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण कदम चालेका थिए । स्वर्गीय दाहालसँग सार्वजनिक वित्त तथा करका विषय धेरै जानकारी थियो । उनीसँग नेपाल सरकार अर्थमन्त्रालयले पनि आर्थिक विकासका विषयमा नियमित सल्लाह लिने गरेको थियो ।

स्वर्गीय दाहालले एसियाली विकास बैंकका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा पनि काम गरेका थिए । मेघा बैंकका पहिलो सञ्चालक समिति अध्यक्ष समेत रहेका थिए ।

दाहाल नेपाल आर्थिक संघका पूर्वअध्यक्ष पनि थिए । विभिन्न आर्थिक क्षेत्रमा काम गर्ने संस्थाको नेतृत्व गरेका दाहालले देशको आर्थिक विकासका लागि विभिन्न योजना पनि अघि सारेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ५ : १० बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट