अबको १ वर्षमा नेकपाको महाधिवेशन सम्पन्न गर्ने प्रचण्डको घोषणा « Khabarhub

अबको १ वर्षमा नेकपाको महाधिवेशन सम्पन्न गर्ने प्रचण्डको घोषणा


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जिल्ला नेतृत्व चयनसँगै पार्टी एकताको फलामे ढोका फोरिएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७० औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले फलामे ढोका जस्तै रहेको जिल्ला कमिटीको नेतृत्वको मुख्य गाँठो फोरिएको बताए ।

एकता प्रक्रिया समयमै टुंगिन नसक्दा पार्टी र नेतृत्वप्रति प्रश्न उठेको भए पनि अन्ततः सफलताका साथ एकताको सन्र्दभमा जटिल बनेको समस्या समाधान भएको प्रचण्डको भनाइ थियो ।

लामो समयसम्म एकताको सांगठनिक स्वरुपलाई अन्तिम रुप दिन नसक्दा जंगलमा हराउन थालेको अनुभूति पनि विगतमा भएको उनले सुनाए ।

अबको ८ महिना भित्र सबै जिल्ला र प्रवासका कमिटीको सम्मेलन सकेर १ बर्ष भित्र पार्टीको महाधिवेशन गरिने प्रचण्डको भनाइ थियो ।

महाधिवेशन महाबहसको एउटा भट्टिभित्र प्रवेश गर्ने महाअभियान पनि हुने भन्दै प्रचण्डले विसंगति र विकृतिबाट शिक्षा लिएर पार्टी भित्र भएको फोहर मैला सफा गर्नुपर्ने बताए ।

‘फोहर मैला हामीभित्र पनि जम्मा भएको छ । यो फोहर मैला सफा नगरी हामी अगाडि जाने अवस्था छैन,’ प्रचण्डको भनाइ थियो ।

दुईवटा प्रयोगबाट एउटा नयाँ निष्कर्शका साथ अघि बढ्ने काम भएको भन्दै प्रचण्डले राष्ट्र र जनता तथा सिंगो कम्युनिस्ट आन्दोलनको हितमा कदम चाल्नुपर्ने आवश्यकताका साथ कम्युनिस्ट एकतामा जुटेको उल्लेख गरे ।

सानो विवेक र संकल्पले पार्टी एकता नभएको भन्दै उनले आफूहरुले जनतासँग गरेको प्रतिवद्धताबाट विचलित नभइकन पार्टी एकता गरी क्रान्तिको नयाँ कोशेढुङ्गा स्थापित गरेको बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकता प्रक्रियामा भएको पछिल्लो निर्णय प्रतिक्रियावादीहरुको लागि अर्को प्रतिवाद भएको बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ४ : ४२ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी