‘हजार जुनीसम्म’ को गीत ‘एमजी रोडैमा’ « Khabarhub

‘हजार जुनीसम्म’ को गीत ‘एमजी रोडैमा’


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तस्वीर: आर्यन बिमली

काठमाडौं – फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंको क्युज हलमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरियो ।

‘एमजी रोडैमा’ बोलको गीतमा राजनराज शिवाकोटी र मेलिना राईको संगीत रहेको छ भने शब्द तथा संगीत गायक शिवाकोटीको नै छ ।

यस्तै गीतको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन छ । स्वस्तिमा खड्का,सलोन बस्नेत र डेब्यु कालकार अखिलेस प्रधान लगायतले २ सय कोरसका साथ अभिनय गरेका छन् । भिडियोलाई गीतको बोल अनुसार छायांकन गरिएको छ ।

आर्यन सिग्देल, प्रियंका कार्की, शिवहरि पौडेल, सञ्चिता लुइँटेल, अनुभव रेग्मी लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्ममा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ । यस्तै फिल्ममा कविता रेग्मी कार्यकारी निर्माता छिन् ।

विकास राज आचार्यले निर्देशन गरेको यो फिल्ममा निर्देशक आचार्यको स्किृप्ट र कथा छ । फिल्म आउँदो साउन ३० गतेबाट नेपालभर प्रदर्शन हुँदैछ ।

तस्वीर: आर्यन बिमली

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ५ : ५६ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र