शोकमा डुबेको श्रीलंकामा संकटकाल घोषणा « Khabarhub

शोकमा डुबेको श्रीलंकामा संकटकाल घोषणा


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– २ सय ९० जनाको ज्यान जानेगरी श्रीलंकामा श्रृङ्खलाबद्ध बम आक्रमण भएपछि संकटकालको घोषणा गरिएको छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले जारी गरेको विज्ञप्ति अनुसार सोमबार मध्यरातबाट लागू हुनेगरी संकटकाल लागू गरिएको हो ।

आक्रमणपछि मुलुकमा शान्ति कायम हुने निश्चित गर्नका लागि संकटकाल लागू गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै, राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिनलाई राष्ट्रिय शोक दिनवसको रुपमा समेत मनाउने घोषणा गरेका छन् ।

श्रीलंकाली सुरक्षा निकायले घटनामा संलग्नको खोजी कार्यका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । यसैक्रममा सुरक्षाकर्मीले २४ जनालाई पक्राउ गरिएको समेत जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ८ : १५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र