शोकमा डुबेको श्रीलंकामा संकटकाल घोषणा « Khabarhub

शोकमा डुबेको श्रीलंकामा संकटकाल घोषणा


९ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– २ सय ९० जनाको ज्यान जानेगरी श्रीलंकामा श्रृङ्खलाबद्ध बम आक्रमण भएपछि संकटकालको घोषणा गरिएको छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले जारी गरेको विज्ञप्ति अनुसार सोमबार मध्यरातबाट लागू हुनेगरी संकटकाल लागू गरिएको हो ।

आक्रमणपछि मुलुकमा शान्ति कायम हुने निश्चित गर्नका लागि संकटकाल लागू गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै, राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिनलाई राष्ट्रिय शोक दिनवसको रुपमा समेत मनाउने घोषणा गरेका छन् ।

श्रीलंकाली सुरक्षा निकायले घटनामा संलग्नको खोजी कार्यका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । यसैक्रममा सुरक्षाकर्मीले २४ जनालाई पक्राउ गरिएको समेत जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ८ : १५ बजे

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी

भोटेकोशीमा बहाव बढेपछि विदुरमा उद्धार टोली हटाइयो

नुवाकोट- भोटेकोशी नदीमा पानीको बहाव बढेपछि नुवाकोट सदरमुकाम विदुरमा उद्धार तथा

स्याटेलाइट तस्बिरले देखायो केरुङ पहिरोको भयावह दृश्य, सम्भावित पहिरोको स्रोत र बहाव मार्ग पहिचान

काठमाडौं- नेपाल–चीन सीमा नजिक चीनको तिब्बतस्थित केरुङ काउन्टीमा गएको विनाशकारी

रसुवा बाढी : आँबुखैरेनी र देवघाटमा २८ जनाको शव भेटियो

दमौली– तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा