प्रहरीको कारबाहीमा विप्लव समूहका कार्यकर्ताको मृत्यु « Khabarhub

प्रहरीको कारबाहीमा विप्लव समूहका कार्यकर्ताको मृत्यु


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


भोजपुर– प्रहरीको गोली लागेर घाइते भएका नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताको मृत्यु भएको छ ।

मंगलबार अपराह्न भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका– २ मैयुङ्ग क्षेत्रको धोत्रेमा प्रहरीको गोली लागेर विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका थिए ।

तिघ्रामा गोली लागेर घाइते भएका भोजपुरको षडानन्द नगरपालिका–२ कुदाककाउलेका ३२ वर्षीय घिमिरेको बुधबार बिहान ३ बजे उपचारको क्रममा धरानमा मृत्यु भएको हो ।

भोजपुरका विभिन्न क्षेत्रमा हतियारधारी समूह सक्रिय रहेको सूचनाका आधारमा १ नम्बर प्रदेशको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय भोजपुरको टोली गस्तीमा निस्किएको थियो । गस्तीमा रहेको प्रहरी टोली र करिब १५ जनाको समूहका रहेका विप्लवका कार्यकर्ताबीच मैयुङ्ग डाँडामा जम्काभेट भएको जनाइएको छ ।

प्रहरी देखेपछि अरु सबै जंगलतर्फ भागेपनि घिमिरेले भने कम्मरमा बाँधेको हतियारले प्रहरीतर्फ आक्रमण गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले जवाफी फायरिङ गर्दा घिमिरेको तिघ्रामा गोली लागेको थियो । गोली लागेर गम्भीर घाइते भएका घिमिरेलाई एम्बुलेन्समार्फत उपचारका लागि धरान ल्याइए पनि हिले–भोजपुर सडक भैसीपंखा खण्डमा परेको पहिरोका कारण समयमै अस्पताल पु¥याउन नसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  १० : २९ बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका