वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत कर्जा वितरणको प्रक्रिया शुरु | Khabarhub Khabarhub

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत कर्जा वितरणको प्रक्रिया शुरु


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– वैदेशिक रोजगार बोर्डले  वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी कर्जा लिनका लागि सिफारिस गरिरहेको छ ।

कर्जा लिन चाहने युवालाई बोर्डले सूचिकरणको सिफारिश गरेपछि व्यावसायिक कार्ययोजनासहित पायक पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी कर्जा लिन सकिने जनाइएको छ ।

सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७ सय ६७ युवाले बोर्डमा आवेदन दिएका थिए । बोर्डले तोकिएको मापदण्ड पूरा गरेका १७ हजार ७ सय ३७ पुरुष र ८ सय ९३ महिलालाई गरि १८ हजार ५ सय ३० जनालाई सरल कर्जाका लागि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसमक्ष सिफारिश गरेको थियो । बोर्डले गत मङ्सिर १३ गतेदेखि पुस मसान्तसम्म आवेदन संकलन गरेको थियो ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई विदेशमा सिकेको सीप र दक्षताको प्रयोग गरी स्वदेशमै स्वरोजगार बन्न सहयोग गर्ने उद्देश्यले सहुलियत कर्जा उपलब्ध गराउन लागेको हो ।

कर्जा उपलब्ध गराउने प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले सूचीकरण विवरण माग गरे आवेदन दिने युवालाई बोर्डका तर्फबाट सूचीकरण विवरण तथा सिफारिश उपलब्ध गराइरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताएका छन् । श्रम मन्त्रालयले सिफारिश गरेअनुसार बोर्डले सूचिकरण गरेर हाल सिफारिस गरिरहेको उनको भनाइ छ ।

सरकारले सरल कर्जा कार्यक्रमलाई व्यवस्थितरूपमा सञ्चालन गर्न ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरिसकेको छ ।

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाखसम्मको कर्जा दिने घोषणा गरेको थियो ।

स्वरोजगार बन्न चाहने युवालाई सहुलियत कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । सरल कर्जाका लागि आवेदन दिएका युवाको विवरण निम्नानुसार छ,

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ११ : ०५ बजे

झापामा आगलागीमा परी घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु

झापा – यही साउन ६ गते आगलागीमा परी घाइते भएका

खेतमा पानी लगाउँदा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी – सप्तरीको खडक नगरपालिका(११ मा करेन्ट लागेर स्थानीय ५८

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको