वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत कर्जा वितरणको प्रक्रिया शुरु « Khabarhub

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत कर्जा वितरणको प्रक्रिया शुरु


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– वैदेशिक रोजगार बोर्डले  वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी कर्जा लिनका लागि सिफारिस गरिरहेको छ ।

कर्जा लिन चाहने युवालाई बोर्डले सूचिकरणको सिफारिश गरेपछि व्यावसायिक कार्ययोजनासहित पायक पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी कर्जा लिन सकिने जनाइएको छ ।

सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७ सय ६७ युवाले बोर्डमा आवेदन दिएका थिए । बोर्डले तोकिएको मापदण्ड पूरा गरेका १७ हजार ७ सय ३७ पुरुष र ८ सय ९३ महिलालाई गरि १८ हजार ५ सय ३० जनालाई सरल कर्जाका लागि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसमक्ष सिफारिश गरेको थियो । बोर्डले गत मङ्सिर १३ गतेदेखि पुस मसान्तसम्म आवेदन संकलन गरेको थियो ।

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई विदेशमा सिकेको सीप र दक्षताको प्रयोग गरी स्वदेशमै स्वरोजगार बन्न सहयोग गर्ने उद्देश्यले सहुलियत कर्जा उपलब्ध गराउन लागेको हो ।

कर्जा उपलब्ध गराउने प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले सूचीकरण विवरण माग गरे आवेदन दिने युवालाई बोर्डका तर्फबाट सूचीकरण विवरण तथा सिफारिश उपलब्ध गराइरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताएका छन् । श्रम मन्त्रालयले सिफारिश गरेअनुसार बोर्डले सूचिकरण गरेर हाल सिफारिस गरिरहेको उनको भनाइ छ ।

सरकारले सरल कर्जा कार्यक्रमलाई व्यवस्थितरूपमा सञ्चालन गर्न ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरिसकेको छ ।

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाखसम्मको कर्जा दिने घोषणा गरेको थियो ।

स्वरोजगार बन्न चाहने युवालाई सहुलियत कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । सरल कर्जाका लागि आवेदन दिएका युवाको विवरण निम्नानुसार छ,

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ११ : ०५ बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका