‘चर्चामा आउन खोज्नेले ज्योतिष विद्यालाई बद्नाम गराए’ « Khabarhub

‘चर्चामा आउन खोज्नेले ज्योतिष विद्यालाई बद्नाम गराए’


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ज्योतिष परिषद् र दक्षिण एशियाली ज्योतिष महासङ्घको १७औँ राष्ट्रिय ज्योतिष सम्मेलन काठमाडौँमा शुरु भएको छ ।

सम्मेलनमा सहभागी वक्ताहरुले पछिल्लो समय अनेक भविष्यवाणी गर्ने र चर्चामा आउने प्रवृत्तिले समग्र ज्योतिष विद्यालाई नै बद्नाम गराउने काम भएको भन्दै यस्त कार्यलाई बन्देज लगाउनुपर्ने धारणा राखेका छन् ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले ज्योतिष शास्त्रको उत्पत्ति नेपालमा भएको र यसले समाजलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनले ज्योतिष शास्त्रको शास्त्रीय मान्यतालाई स्थापित गर्न सबै ज्योतिष एकजुट हुनुपर्ने बताए । “ज्योतिषलाई सम्मान, आदर र मर्यादाले हेर्ने वातावरण सिर्जना गर्नुपर्छ” गौतमले भने “यसका लागि ज्योतिषहरुबीच एकताको खाँचो छ ।”

विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेलले नेपालमा तीन प्रकारका ज्योतिषहरु रहेपनि सबै ज्योतिषहरुमा मतैक्यता रहन नसकेको बताए । उनले संस्कृत विश्वविद्यालबाट ज्योतिशाचार्य लिएका, विभिन्न प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिएका र पुख्र्यौली परम्पराअनुसार ज्योतिष पेशा गर्दै आएका गरी तीन खालका ज्योतिषहरु रहेको उल्लेख गरे । विश्वविद्यालयमा पढेकाले भन्दा प्रशिक्षण लिएका र कुल परम्पराअनुसार ज्योतिष गर्नेहरु नै समाजमा अब्बल ठहरिएको उनको भनाइ छ ।

दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष सहदेव विष्टले ज्योतिष क्षेत्रमा रहेका विकृतिको अन्त्य गर्न वास्तविक ज्योतिषले समान धारणा बनाउनुपर्ने बताए ।

ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेले गलत प्रचार र हल्ला फैलाउने ठग ज्योतिषलाई निरुत्साहित गर्नुपर्ने बताए । “सामाजिक सञ्जालबाट गलत प्रचार गरेर नागरिकमा आतङ्क फैलाउने व्यक्ति ज्योतिष हुन सक्दैन” उनले भने, “तिनले समग्र ज्योतिष क्षेत्रलाई बदनाम बनाइरहेका छन् ।”

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ३ : ४९ बजे

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

काठमाडौं–  २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको  शून्य समयमा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका

धानका बिरुवासँग किसानका सपना र राष्ट्रको भविष्य जोडिएको छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक धानका बिरुवासँग