सामाजिक सञ्जालमा सबैभन्दा बढी लोकप्रिय सूचीको पहिलो नम्बरमा प्रियंका (फोटो फिचर) « Khabarhub

सामाजिक सञ्जालमा सबैभन्दा बढी लोकप्रिय सूचीको पहिलो नम्बरमा प्रियंका (फोटो फिचर)


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउडकी अभिनेत्री प्रियंका चोपडा भारतमा देशी गर्लको नामले चर्चामा रहेकी छिन् ।

अहिले प्रियंका हलिउडमा व्यस्त रहेकी छिन् । उनले बलिउड सँगै हलिउडमा पाइला चाल्दा साथ उनको लोकप्रियता झन् झन बढ्दै गएको छ ।

हलिउड रिपोर्टर्सको ग्लोबल सोसल मिडिया क्लाइम्बर्स चार्टका अनुसार हाल प्रियंका सामाजिक संजालमा सबैभन्दा लोकप्रिय व्यक्ति हुन् । चार्टको सूचीमा हालसम्म प्रियंका १२ पटक शीर्ष स्थानमा पुगिसकिन्।

यसपटक भने प्रियंकाले पछिल्लो पटक सामाजिक संजालका सबैभन्दा लोकप्रिय व्यक्ति नायक नथा पूर्व रेस्लर खेलाडी ड्वाइने जोनसन अर्थात् रकलाई पछि पार्न सफल भएकी छिन् ।

एक महिनाको अवधिमा प्रियंका तीन पटक सामाजिक संजालकी सबैभन्दा लोकप्रिय व्यक्ति बनेको हलिउड रिपोर्टर्सको चार्टले उल्लेख गरेको छ ।

चार्टले फेसबुक, इन्स्टाग्राम, युट्युब र ट्वीटरमा राखिएका फोटो, भिडियोको भिजिटर, लाइक्स, कमेन्ट्स, डिस्लाइक्स तथा इन्गेजमेन्टको डेटा संकलन गरेर सर्वाधिक लोकप्रिय व्यक्तिको सूची सार्वजनिक गर्ने गर्दछ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : २० बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको