संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना « Khabarhub

संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबारस्थित संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सोमबार एक कार्यक्रमका बीच सो परिसरमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

त्यसअवसरमा उनले संघीय संसदका सांसद, कर्मचारी सबैलाई बैंकिङ सेवा दिने उद्देश्यका साथ सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एटीम सेवासहितको शाखा कार्यालय स्थापना गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई धन्यवाद दिए । उनले सांसदहरुले सरकारी बैंक नै स्थापना गर्न माग गरेपछि सरकारको पहलमा सो बैंक संसद सचिवालय परिसरमा स्थापना भएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले ६ महिना भित्र आफ्नो सबैलाई प्रभावकरी ढंगले संचालन गर्ने योजना तय गरेको जानकारी दिए । उनले बैंकले आफ्नो सेवालाई प्रभावकारी बनाउन नयाँ जनशक्ति र प्रविधिको विकासमा जोड दिइरहेको पनि बताए ।

राष्ट्रिय वाणिज्य बैंकले देशका सबै जिल्लाहरुमा आफ्नो शाखा कार्यालय विस्तार गरिसकेको छ । सभामुख महराले राष्ट्रिय वाणिज्य बैंकले नेपालको अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान दिइरहेको पनि बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : २५ बजे

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म

गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर

तम्घास– धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना

मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

ढोरपाटन– एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन

कुलमानविरुद्ध रवि सिंहको आक्रोश : मन्त्रीको डनगिरीले निर्माण क्षेत्र धराशायी

काठमाडौं- उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र