मुद्रा सटही सुविधासहितको प्रभु बैंकको नयाँ एप सञ्चालन | Khabarhub Khabarhub

मुद्रा सटही सुविधासहितको प्रभु बैंकको नयाँ एप सञ्चालन


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंकले विदेशी मुद्रा सटही सुविधालाई मोबाइलमार्फत अनलाईन आवेदन गर्न सकिने एप्लिकेसन”Prabhu Easy Forex” सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंक लिमिटेडले सोमबार पत्रकार सम्मेलन गरी “Prabhu Easy Forex” बारे जानकारी गराएको हो । बैंक सम्मै पुगेर सटहीको आवेदन गर्नुपर्ने लामो प्रक्रियालाई “Prabhu Easy Forex” ले प्रविधिमैत्री तथा सरलीकृत गर्ने बैंकका सीईओ मणीराम पोख्रेलले जनाए ।

“Prabhu Easy Forex” मोबाईल एप हाल प्ले स्टोरबाट सजिलै डाउलोड गर्न सकिने छ । यो एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाईन आवेदन गर्न सकिनेछ ।

बैंकले तुरुन्तै आवेदकलाई एसएमएस मार्फत सटही हुन सक्ने/नसक्ने जानकारी गराउनुका साथै सटहीको व्यवस्था हुने भएमा शाखा वा काउण्टरको पनि जानकारी दिनेछ ।

बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बैंकको काउण्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था मिलाइएको जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ३७ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित