अवरूद्ध पासाङल्हामु राजमार्ग खुला « Khabarhub

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ।

स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए। सो राजमार्ग बुधबार साँझबाट पूर्ण रुपमा खुला भएको उनले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, चीनको केरूङबाट आयात भएको रेडिमेट मालवस्तु लिई काठमाडौंतर्फ जाने क्रममा ना२ख ३८१६ नम्बरको डिब्बा गोसाइँकुण्ड गाउँपालिका-५ को १२ धुम्ती पुछार राजमार्गको बीच भागमा ब्रेकफेल भई दुर्घटना भएको थियो।

राजमार्ग खुला भएलगत्तै रोकिएका दर्जनौं सवारीसाधन आफ्नो गन्तव्यतर्फ गइसकेको ट्राफिक प्रहरीले जनाएको छ। राजमार्ग खोल्न मद्दतका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : १४ बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक