अवरूद्ध पासाङल्हामु राजमार्ग खुला « Khabarhub

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ।

स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए। सो राजमार्ग बुधबार साँझबाट पूर्ण रुपमा खुला भएको उनले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, चीनको केरूङबाट आयात भएको रेडिमेट मालवस्तु लिई काठमाडौंतर्फ जाने क्रममा ना२ख ३८१६ नम्बरको डिब्बा गोसाइँकुण्ड गाउँपालिका-५ को १२ धुम्ती पुछार राजमार्गको बीच भागमा ब्रेकफेल भई दुर्घटना भएको थियो।

राजमार्ग खुला भएलगत्तै रोकिएका दर्जनौं सवारीसाधन आफ्नो गन्तव्यतर्फ गइसकेको ट्राफिक प्रहरीले जनाएको छ। राजमार्ग खोल्न मद्दतका लागि ठूलो सङ्ख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : १४ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका