पहिरोले घर बगाउँदा पर्वतमा १ जनाको मृत्यु « Khabarhub

पहिरोले घर बगाउँदा पर्वतमा १ जनाको मृत्यु


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुश्मा– पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट बूढीस्वाँरामा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु भएको छ ।

बुधबार राति वर्षापछि आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएका रेमबहादुरको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ओछ्यानामा सुतेकै अवस्थामा पहिरोले पुरिएको पाइएको थियो ।

मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइँदैछ । रेमबहादुरकी श्रीमती छोरी भेट्न घरबाहिर गएकी थिइन् ।

वर्षा भइरहेका बेला घरभन्दा माथि रहेका सिँचाइ कुलोमा अत्यधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान छ । पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ । चालिसेका दुई छोरा र चार छोरी छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : ०२ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका