अनुमति नै नलिइ बालबालिकाको आरक्षण केन्द्र सञ्चालन गर्ने ३ जना पक्राउ « Khabarhub

अनुमति नै नलिइ बालबालिकाको आरक्षण केन्द्र सञ्चालन गर्ने ३ जना पक्राउ


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय प्रशासनबाट अनुमति नै नलिइ बालबालिकाको आरक्षण केन्द्र सञ्चालन गर्ने ३ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार काठमाडौंको बाफल बस्ने ४६ वर्षीय सुजित रायमाझीसहित ३ जनाले नमूना प्रगतिशील महिला समाज नामक संस्था खोलेर विभिन्न जिल्लाबाट ल्याएका बालबालिका राख्दै आएका थिए । तर, उक्त संस्था प्रशासन कार्यालयमा दर्ता नै नभएको पाइएको प्रहरीले जनाएको छ ।

बिना दर्ता र अनुमति बालिबालिका राखेको पाइएपछि ४६ वर्षीय रायमाझीसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले आफ्नो संस्थामा ९ जना बालबालिका राखेको पाइएको छ । ९ जना बालबालिकालाई उद्दार गरी हेल्पलाइन कलंकीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका ३ जनामाथि नै थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : २० बजे

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को